January 28, 2018

एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुखमा पद बाँडफाँटमा सहमति

काठमाडौं १४ माघ–नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको मुख्यमन्त्री र प्रदेश सभाको सभामुखमा पद बाँडफाँटमा सहमति भएको छ । सहमति अनुसार एमालेले ४ र माओवादीले दुईवटा मुख्यमन्त्री पाउने छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुटाएको हो । सहमति अनुसार प्रदेश नंम्बर १, ३, ४ र ५ मा एमाले तथा प्रदेश नंम्बर ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने निर्णय भएको एमाले नेता एवं कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

२ नम्बर प्रदेशमा भने मधेस केन्द्रीत दलहरुले सरकार बनाउने तरखर गरेका छन् ।

दुई दलबीच प्रदेशको सभामुखमा पनि ४ वटा एमाले र दुईवटा माओवादीले पाउने सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख पाउने भएको छ भने प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउने सहमति कार्यदलमा भएको छ । यसअघि माओवादीले चारवटा प्रदेशमा सभामुख दावी गरेको थियो ।

एमालेले सभामुख पाएको ठाउमा माओवादीले उपसभामुख र माओवादीले सभामुख पाएको प्रदेशमा एमालेको उपसभामुख बन्ने छन् ।

कार्यदलको बैठक अघि आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र