
काठमाडौं १४ माघ–नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको मुख्यमन्त्री र प्रदेश सभाको सभामुखमा पद बाँडफाँटमा सहमति भएको छ । सहमति अनुसार एमालेले ४ र माओवादीले दुईवटा मुख्यमन्त्री पाउने छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुटाएको हो । सहमति अनुसार प्रदेश नंम्बर १, ३, ४ र ५ मा एमाले तथा प्रदेश नंम्बर ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने निर्णय भएको एमाले नेता एवं कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
२ नम्बर प्रदेशमा भने मधेस केन्द्रीत दलहरुले सरकार बनाउने तरखर गरेका छन् ।
दुई दलबीच प्रदेशको सभामुखमा पनि ४ वटा एमाले र दुईवटा माओवादीले पाउने सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख पाउने भएको छ भने प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउने सहमति कार्यदलमा भएको छ । यसअघि माओवादीले चारवटा प्रदेशमा सभामुख दावी गरेको थियो ।
एमालेले सभामुख पाएको ठाउमा माओवादीले उपसभामुख र माओवादीले सभामुख पाएको प्रदेशमा एमालेको उपसभामुख बन्ने छन् ।
कार्यदलको बैठक अघि आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेटवार्ता भएको थियो ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन