January 5, 2018

सरकार ग्यास उद्योगमा अनुगमन गर्दै,मापदण्डविपरीत भए बन्द ।

२१ पुस, काठमाडौं । सरकारले आजबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ । ग्यास उद्योगहरु मापदण्ड पूरा गर्न उदासीन देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट अनुगमन गर्न लागेको हो ।

विभागले आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।  ‘गुणस्तर चिहृन नलिने उद्योगमाथि अब कारवाही अघि बढाइनेछ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।

विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष बितिसक्दा पनि आग्रह पालना नगरेपछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागको भनाइ छ ।

विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टलेमात्र गुणस्तर चिहृन लिएका छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् । गुणस्तर चिहृन लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र