ल्वाङ्मा डा.बाबुरामको गन्थन !

 
 
 
 

पोखरा,पुष २० । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले कास्कीको ल्वाङमा सम्पन्न बैठकलले पार्टीमा बैचारीक एकता कायम गर्दै बैकल्पिक राजनैतिक शक्तिका रुपमा बिकास गर्ने बताएका छन् ।

 

 

ल्वाङमा तीन दिन सम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकको समापन पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईलेलवाङमा सम्पन्न ऐतिहासिक बैठकले अनुमोदन गरेको बैचारिक एकाताको जगमा उभिएर पार्टीलाई बैकल्पीक राजनैतिक शक्तीको रुपमा बिकास गर्ने बताए । ‘बैठकले महाधिबेशनको तयारी र बिचारको मन्थन गरेको छ’ उनले भने । ‘बैठकले चुनावी समिक्षा र भावी योजनाका वारेमा गहन मन्थन ग¥यो, आगमी दिनमा जुनसुकै हालतमा मुलुकको बैकल्पीक राजनैतिक शक्ती बनाएरै छाड्छौं।’

संयोगक भट्टराईले नयाँ शक्ती पार्टीले नयाँ सस्कारको बिकास गर्ने बताउदै बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको बताए । उनले अब बन्ने नयाँ सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना गर्ने बताए ।

चुनावमा सर्वनाक हार ब्यहोरेपछि पार्टीले भुमीगत शैलीमा समिक्षा गर्न बैठक कास्कीको ल्वाङमा तीन दिनसम्म बसेको थियो । तीन दिन सम्म चलेको बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने लगायत १० बुँदे घोषणा पत्र जारी गरेको छ ।

बैठकमा आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय भएको छ । ल्वाङ बैठकले आगमी दिनमा पार्टीले संगठन विस्तार र सुदृढिकरण अभियान सहित समाजिक–राजनीतिक सृद्धीढीकरण गर्न सुझाव दिएको छ । बैठकमा करिब दुई सय जना महाधिवेशन प्रतिनिधि एवं विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का