सांसद छान्ने विषयमा माओवादी केन्द्रीय कार्यालय भित्रै हात हालाहाल

पौष १५,काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबिच एकिकरण प्रक्रिया अघि बढीरहेका बेला प्रदेशसभाको सांसद बन्न नपाएको भन्दै माओवादी नेताहरुबीच हात हालाहाल भएको छ । माओवादीको केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै सांसद बन्न नपाएको झोकमा नेताहरुबिच नै कुस्ती खेलीने शैलीमा हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

माओवादीका चर्चित अनुहारहरु हितमान शाक्य र झक्कु सुवेदीका विरुद्धमा सिन्धुपाल्चोकका माओवादी नेता हिमाल पराजुली जाइलागेपछि शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा कहिल्यै नदेखिएको दृश्य देखियो ।

माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली अचानक दिउसो निधै आक्रोशित मुद्रामा कार्यालय प्रवेश गरे लगत्तै पार्टीमा दुख गरेकालाई सांसद नबनाई पसले, ब्यापारीहरुलाई किन सांसद बनाएको भनेपछि झक्कु सुवेदीले तपाईले भनेर हुन्छ भनेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो ।

३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता, जो अहिले चितवनमा पसल खोलेर बसेकी छन्, र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद बनाएपछि माओवादी भित्रको विबाद सतहमा नै देखिएको हो । उक्त समस्या प्रचण्ड लगायतका नेताहरुले नै हल गर्नु पर्ने माग समेत आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो