December 17, 2017

कवाडका सामान संकलनको बहानामा चोरी गर्ने भारतीय चोरहरू पक्राउ

  

काठमाडौ २ पुस – कवाडका सामान संकलनको बहानामा चोरी गर्ने भारतीय चोरहरूको एक समूह पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाले भारत विहारको समस्तीपुरबाट चोरी गर्न काठमाडौं पसेको ‘चल्ला’ नामको चोर समूहका ६ जना र उनीहरुलाई सघाउने एक नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार समूहले उपत्यकाका विभिन्न स्थानमा कवाडी सामान संकलनको बाहाना बनाई बिहान तथा दिउँसोका समयमा घरभित्र छिरी चोरी गर्ने गरेको देखिन्छ । समुहका सदस्यले घरको झ्याल वा ढोकाबाट भीत्र पस्थे र नगद, सुन चाँदीका गहना र मोबाईल र इलक्ट्रोनिक्स सामाग्रीहरु चोरेर भाग्थे ।

प्रहरीले चोरी समूहका दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बारा निजगढ घर भएका राजकुमार अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी तीन वर्ष अघि पनि महानगरिय अपराध महाशाखाबाट सार्वजनिक अपराध मुद्दामा तीन हजार धरौटी बुझाएर जेलमुक्त भएका व्यक्ति हुन् । पक्राउ परेका ६ भारतीयहरुमध्ये पाँचजना बीस वर्ष मुनीका छन् ।

यो समूहले चोरी गर्नुअघि कवाडी टिप्ने बहानामा घरको पहिचान गर्ने र अन्य जानकारी लिने गरेको देखिन्छ । सूचना लिइसकेपछि घरमा मान्छे नभएको समयमा एक जना घरभित्र पस्ने र अर्को एकले निगरानी गर्ने गरेको देखिन्छ । प्रहरीका अनुसार चोरी लगत्तै यो समूह भारततिर पस्ने गरेको देखिन्छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका चार मोबाईल, तीन घडी र चोरी गर्दा प्रयोग हुने फलामको रड समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन