माघ ११ देखि क्यान ईन्फोटेक हुने

 

२०७४ मङ्सिर २८ बिहिबार,

काठमाडौ । क्यान महासंघको आयोजनामा यही माघ ११ गतेदेखि “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला”  आयोजना हुने भएको छ ।मेला माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । ६ दिनसम्म सञ्चालन हुने यस मेलामा विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीको सहभागितामा मेलाले नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको क्यान महासंघका अध्यक्ष विनोद ढकाल बताउँछन् ।उनका अनुसार यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइनेछ । मेलाले व्यवसायीलाई व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई नौलो प्रविधिको प्रदर्शनी गर्ने मौकासमेत प्रदान गर्नेछ । साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस पटकको मेलाको शिर्ष प्रायोजन सुविसु केबलनेट र एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको छ ।  त्यस्तै प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु हुवावे,  एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली   रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ ।

अफिसियलहरुमा बैंक सन्राइज बैंक, ईन्स्योरेन्स प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी. सुबिसु,  अनलाईन टिकेटिङ्ग एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा स्प्यारो एस.एम.एस. र क्रियटिभ विटी प्रिन्टिङ्गस् रहेका छन् ।
मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा १ सय ४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा दुई सय २२ स्टलमा हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनका स्टल रहनेछन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको आयोजकले जनाएको छ ।  

“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क सय  र विद्यार्थीलाई ५० तोकेको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरेको छ ।

मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ  भने  अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल