७ दिनभित्र सम्पत्ति विवरण बुझाउन ताकेता

 
 

pmoffice6
२८ मंसिर, काठमाडौं । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउन आनाकानी गरेका छन् । सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिले आनाकानी गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रोपटक ताकेता गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जननिर्वाचित जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउनु पर्ने उल्लेख छ । तर, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले मन्त्रालयको पटक–पटकको ताकेताको बेवास्ता गर्दै सम्पत्ति विवरण बुझाएका छैनन् ।यसअघि गत असार २८ गते र कात्तिक २४ गते स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेश गर्न मन्त्रालयले परिपत्र गरेको थियो । तर, २० जिल्लाका केही जनप्रतिनिधिले मात्रै विवरण बुझाएका छन् ।

अटेरी गरेपछि मन्त्रालयले सात दिनभित्र आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण बुझाउन बुधबार निर्देशन दिएको छ । जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।सात दिनभित्र विवरण नपठाए कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन