
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा दुवैको मतगणना सकिएको छ । समानुपातिकतर्फको भने मतगणना जारी छ । अन्तिम परिणाम आउन अझै दुई–चारदिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये एमालेले ८० सिट जितेको छ भने दोस्रोमा रहेको माओवादी केन्द्रले ३६ स्थान जितेको छ । त्यस्तै, कांग्रेसले २३ स्थान जित्दा मधेसवादीहरूले २१ स्थानमा कब्जा जमाएका छन् ।
संघीय समाजवादी फोरमले ११ स्थानमा जित हासिल गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल १० स्थानमा निर्वाचित भएको छ । राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १, नयाँ शक्ति, नेपालले १ र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेको ५६ प्रतिशत
प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले एक्लैले ५६ प्रतिशत जित हासिल गरेको छ । कुल ३३० सिटमा एमालेले १८६ स्थानमा जित हासिल गरेको हो । माओवादी केन्द्रले ७३ र
कांग्रेसले ४१ स्थान जितेर प्रदेशसभामा पनि तेस्रो भएको छ ।
मधेसवादी दलमध्ये संघीय समाजवादी फोरम, नेपाल २४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनता पार्टी १६ र अन्य ८ स्थानमा विजयी भएका छन् ।
विजयी उमेदवारहरूको सूची
प्रतिनिधिसभा
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन