कांग्रेसका ‘क्रिम अनुहार’ ‘डेन्जरजोन’मा , के वामपन्थी हावी हुन्छन् ?

Nepali-congress-768x513
विराटनगर, २२ मंसिर । १ नम्बर प्रदेशका विभिन्न जिल्लामा मतगणनाका काम सुरू हुने प्रक्रिया चलिरहेका बेला पहाडी र हिमाली जिल्लामा आएका प्रारम्भिक चरणका नतिजाले १ नम्बर प्रदेशमा कांग्रेसका क्रिम अनुहार डेन्जर जोनमा पर्नसक्ने प्रारम्भिक अनुमान हुन थालेको छ ।

झापा–३, मोरङ–४, मोरङ–२, मोरङ–६, सुनसरी–४, सुनसरी–३ मा पनि कांग्रेसका हेवीवेट उम्मेदवारको प्रतिनिधि सभाको यात्रा संकटमा रहेको छ । स्थानीय निर्वाचनका बेला पहाडमा बलियो मत ल्याएको कांग्रेसको २ नम्बर प्रदेश बाहेकका प्रदेशमा कमजोर भोट बैंक नै देखिएको थियो ।

झापा–३ मा कृष्णप्रसाद सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देन, मोरङ–२ मा डा. मिनेन्द्र रिजाललाई नेकपा एमालेका ऋषकेश पोखरेल, मोरङ–६ मा डा. शेखर कोइरालालाई एमालेका लालबाबु पण्डित, सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई एमालेका रमेश श्रेष्ठ, सुनसरी–३ मा विजयकुमार गच्छादारलाई एमालेकी भगवती चौधरीको चुनौति भारी पर्नसक्ने अनुमान गरिएको छ ।

कांग्रेसको बलियो मतादाता रहेको यस क्षेत्रमा यी हेवीवेट नेता डेन्जर जोनमा रहेका विश्लेषण सुरू भएको छ । यी उम्मेदवार कांग्रेसका क्रिम अनुहार हुन् ।

‘यस पटक जनताले दिएको मतको आधारलाई हेर्ने हो भने कांग्रेसको जीवनमा सवैभन्दा ठूलो घाटा हुने रूझान देखा परेको छ । यो रूझानका आधारलाई मान्ने हो भने कांग्रेसलाई हराउने भन्दा पनि एउटा गठजोडलाई देश परिवर्तनका निम्ति बहुमत दिएको भन्नुपर्छ’, स्थानीय पत्रकार चन्द्रमणि कट्टेल भन्छन्,‘राजनीतिमा यो परिस्थिति आउनु थियो, लोकतान्त्रिक गठबन्धन कमजोर रहेका कारण बलियो गठजोडले बहुमत ल्याउने संकेत देखिएको छ ।’

नेपाली कांग्रेसलाई समानुपातिकमा पनि मत गुमाउनसक्ने खतरा रहेको छ । वैकल्पिक राजनीतिक व्यवस्था खोजिरहेका कांग्रेसका बहुमत मतदातालो विवेकशील साझालाई समर्थन गरेको कारण घाटा हुनसक्ने बताइएको छ । ‘पूर्वमा कांग्रेसको जीवन प्रत्यक्षमा आउने मतका आधारमा मात्र निर्धारित हुनसक्ने अनुमान थियो । पूर्वी पहाडमा पनि कांग्रेसलाई खसेको मतका आधारमा यस्तो विश्लेषण गर्न सकिन्छ’, अर्का पत्रकार नवराज विष्ट भन्छन्,‘दलको भन्दा पनि प्रभावका आधारमा यहि प्रकृतिको नतिजा आउँछ भन्ने आँकलन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन