बम आतंक सरकारले नै मचाउँदै छ: ओली

  

उदयपुर / निर्वाचनको बहानामा विभिन्न ठाउँमा भएका वम विस्फोटमा परि निर्दोष नागरिकको अनाहकमा ज्यान गएकोप्रति सरकारले नालायक पन देखाएको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले बताएका छन् । गाईघाटस्थित थारुहट रंगशालामा शनिबार संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचन ताका सुरक्षा निकाय चुस्त, दुरुस्त बनाउनु पर्ने हो, तर त्यस्तो नभएको बताए । उनले भने, ‘अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुईरचारवटा बम पड्कदैमा रोकिन्न ।”

kp-oli-1024x576निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी दिए । उनले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र नेकपा (माओवादी केन्द्र)ले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी गरे ।

उनले २००७ साल यता देशमा पटक–पटक नेपाली कांग्रेसले सरकार बनाए पनि देश र जनताका लागी कुनै उल्लेखनिय काम गर्न नसकोको आरोप लगाए । उनले भने– ‘अहिलेका प्रधानमन्त्री काँग्रेसका सभापति शेरबहादुर देउवा पिता तुल्य महाराजधिराज भन्दै सत्ता दरबारमा बुझाउने काम गरे,’ उनले भने, ‘यस्तालाई भोट दिएर, बहुमत दिएर तपाँइहरु गर्नु हुन्छ के ?’ विगतमा काँग्रेसलाई दिएको बहुमतले नै दिल्लीमा गएर जनताको खिल्ली उडाएको उदाहरण धेरै भएको ओलीको दावी छ । उनले भने– ‘देशमा लोकतन्त्र गुम्यो भने कांग्रेसकै कारणले गुम्छ ।’ अब देशमा राजा कुनैपनि हालतमा नआउने भएकोले कांग्रेसले गरेको हल्लाको पछि कसैले पनि लाग्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती