ताप्लेजुङको मतदान स्थलमानै बम विस्फोट

ताप्लेजुङ, मंसिर ९ : ताप्लेजुङ सदरमुकाममा रहेका भानु उच्च माविको मतदान स्थलमानै बम बिष्फोट भएको छ । आईतबार हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम विस्फोट भएको प्रहरीले बताएको छ ।

मतदान गर्ने मतदाताको लागि लाईन मिलाउन बाँस गाड्ने क्रममा भुईमुनि गाडिराखेको बम विस्फोट भएको सो मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताउनुभयो ।

ठुलो आवाज सहित बम विस्फोट भए पनि मानविय क्षति भने नभएको तर नजिकै मतदाता परीचय पत्र वितरण गरीरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीको भनाई छ । विद्यालयको भवन अघि खेलमैदानमा म्यादि प्रहरी, कर्मचारी सहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा भुईमुनि गाडेको भडु (खाना पकाउने भाँडा) बम विस्फेट भएको प्रहरीले बताएको छ ।

सो बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पटेकिएको हुन सक्ने प्रहरीको भनाई छ । यस अघिको स्थानिय तहको निर्वाचनमा सोहि स्थानमा मतदाता उभिएर लाईनमा बस्ने गरी केन्द्र निर्माण गरीएको र अहिले पनि सोहि अनुसार निर्माण हुने आसामा चुनावको बहिस्कारमा रहेकाले बम राखेको हुन सक्ने प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिनुभयो ।

यता बम चुनाव बहिस्कारमा रहेको विप्लब नेतृत्वको नेकपाले राखेको आसंका गरीए पनि नेकपाका ताप्लेजुङ ईन्चार्ज आसिसले बम विस्फोटका विषयमा आफुलाई जानकारी नभएको र आफुहरु सो घटनामा संलग्न नभएको टेलिफोनमा बताए ।

काम गरीरहेको समय बम पट्किए पछि सबै काम छाडेर कर्मचारी कार्य स्थलबाट बाहिर निस्किएका छन् । बम विस्फोटका कारण कर्मचारीमा मानसीक रुपमा काम गर्न तयार नभएको र केहि कर्मचारीको श्रवण शक्तिमा समस्या भएका कारण सुरक्षा निकाय र मुख्य निर्वाचन अधिृतको कार्यालयले काम गर्ने वाताबरण तयार नभए सम्म काममा फर्कने अबस्था नरहेको सो स्थानमा खटिएका मतदान अधिकृत कुबेर नेपालीले बताउनुभयो ।

अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलिले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन