‘हाम्रा कुरा सुन्दैनन्, भाषणमात्रै सुनाउँछन्’

कास्कीकोट, ८ मंसिर – अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ । तर, गाउँलेले दलका नेतासँग आँखा जुधाउन पाएका छैनन् ।

kaskikot_kalika_temple

सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृतिमात्रै छैन, ब्राह्मण, क्षत्री र दलितको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीका लागि स्थानीयले वर्षैाँदेखि पर्खिएका छन् । अरू बेला नआए पनि चुनावमा नेता आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने पनि छैन भुजेल गाउँलाई ।

२०६४ को चुनाव आयो, गयो । २०७० को चुनाव आयो, गयो । तर कोही नेता भोट माग्न पनि गाउँ आएनन् । गाउँलेलाई लागेको थियो, नेताले भोट माग्नेछन्, त्यही बेला पानी मागौंला ।
पोखरा महानगरको वडा नम्बर २४ र निर्वाचन क्षेत्र विभाजनअनुसार कास्की ३ मा पर्ने भुजेल गाउँको त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन ।प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार शुक्रराज शर्मा कास्कीकोट आएका थिए, तर भुजेल गाउँ पसेनन् ।

वाम गठबन्धनतर्फबाट प्रदेशमा एमाले उम्मेदवार राजीव पहारी पनि कास्कीकोटको मूलबाटो हुँदै हिँडिसके तर भुजेल गाउँ छिरेनन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार जगत विश्वकर्मा कास्कीकोट उक्लिसकेकै छैनन् ।

कांग्रेस उम्मेदवार शर्माले गाउँको केन्द्रमा आमसभा गरेर आफ्ना कुरा सुनाए । एमाले उम्मेदवार पहारीले पार्टी सम्पर्क कार्यालयमा भेला भएका आफ्ना समर्थकलाई भाषण सुनाए ।
दुवैको समानता के हो भने गाउँमा के खाँचो छ, स्थानीयको आवश्यकता र समस्या के हो ? जनता के चाहन्छन् बुझ्ने प्रयासै गरेनन् ।

‘फेरि कहिले हो आउने अरे, त्यो बेला गाउँमा पानी ल्याइदिन पर्‍यो भन्नुपर्नेछ’, बलबहादुर भुजेलले अन्नपूर्णसँग भने, ‘जुन नेता पनि आउँछन्, भाषणमा आफ्ना कुरा सुनाउँछन्, जान्छन्, हामीले हाम्रा कुरा सुनाउन पाएका छैनौं ।’

६३ बर्से मोतीलाल भुजेल यसअघिका चुनावमा उठेका र जितेका उम्मेदवारलाई भुजेल गाउँ छ भन्ने नै थाहा नभएको ठोकुवा गर्छन् । त्यसैमा सही थाप्छन्, लालबहादुर भुजेल । उनी भन्छन्, ‘थाहा भए त ८० भोट भएको गाउँमा पस्थे होलान् ।’

कास्कीकोट देउरालीका २७ घर भुजेल हुन् भने अरूसमेत गरी यहाँ एक सय घरधुरी छन् । ती सबैलाई पानीको साह्रै समस्या रहेको तेजकुमारी केसी बताउँछिन् ।पानीका कुरा धेरै वर्षअघि सुन्दै आए पनि कुनै नेताले वास्तापास्ता नगरेको केसीको गुनासो छ । उनकै छिमेकी देवी सुवेदी हारे पनि जिते पनि पानी ल्याउँछु भन्ने नेतालाई गाउँले सबैले एकछापे भोट हाल्न तयार रहेको सुनाउँछिन् ।

‘हामी यो पार्टी, त्यो पार्टी भन्दैनौं, पानी दिनेलाई भोट दिने हो’, उनले अन्नपूर्णसँग भनिन् ।
पानीकै अभावका कारण सरसफाइ नहुने, पाहुनपाछा आउँदा समस्या हुनेलगायत कठिनाइ उनले पोखिन् । ‘बाथरुम बनाएर के गर्ने पानी नै नभएपछि ? ’ उनले भनिन् ।सरकारले पनि देशका प्रत्येक घरमा एक÷एकवटा धारा पुर्‍याउने दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ । त्यसबारे भुजेल गाउँ बेखबर छ ।

मोतीलाल भन्छन्, ‘हामीलाई त एक-एक वटा पनि चाहिन्नँ, पाँच वटा घरलाई एउटा धारा दिए पनि हुन्छ ।’ छबुमाया भुजेलका अनुसार अहिले एक सय घरलाई एउटा धारा छ । त्यसका लागि बिहानको आधा घन्टा पालो पर्खंदै जान्छ ।

उनी भन्छिन्, ‘हामी महिलालाई पानी बोक्नै ठिक्क हुन्छ । जुन नेताले ल्याइदिए पनि पानी ल्याउनेलाई आशीष लाग्थ्यो ।’ शिक्षक लालबहादुर भुजेल भन्छन्, ‘गाउँकै चम्डाको खोलाबाट लिफ्टिङ गरी पानी ल्याउन सकिन्छ । तर त्यसको बजेट व्यवस्था गर्न नेताकहाँ कुरा पुर्‍याउने मौका मिलेकै छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०