पुष्पकमल दाहाल : ढुकुरको जत्रो छाती भएका देउवाले देशको नेतृत्व गर्न सक्दैनन्

मंसिर १,कुश्मा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको छाती ढुकुरको जात्रो भएको बताएका छन्। संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले बिहीबार कुश्मा बजारमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

Newly unified CPN Maoist Centre Chariman Pushpa Kamal Dahal speaking after the unification of 10 Maoist parties, in Kathmandu, on Thursday, May 19, 2016. Photo: RSS

उनले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिँदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाइ फिर्ता लिन आग्रह गर्दै यस्तो बताएका हुन्। ‘आफूले राजनेता भनेको व्यक्तिविरुद्ध हलो लिएर उत्रिएका देउवाले उक्त पदवी दिनुको अर्थ छैन’, प्रचण्डले भने, ‘मनैदेखि राजनेता मानेको हो भने मेराविरुद्ध किन उमेदवार खडा गरिया रु ढुकुरको जत्रो सानो छाती भएका देउवाले देशको नेतृत्व गर्न सक्दैनन।’

उनले कम्युनिस्टको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न आग्रह गरे। ‘कम्युनिस्टलाई विभाजित गरेर शासन गर्ने सपना नदेख्नुहोस्’, उनले भने ‘अब कम्युनिस्टले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन्।’ उनले एकता बहुमतको सरकारलाई मात्रै नभई राजनीतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए