१ मंसिर, काठमाडौं : १९ वर्षमुनीको एसीसी क्रिकेटको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङमा आएको नेपाल २८ ओभरमा १ सय ३ रनमा समेटियो ।
१ सय ४ रनको लक्ष्य अफगानिस्तानले २० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्यायो । यसअघि मलेसियाको किन्रारा ओभल मैदनामा टस हारेर पहिला ब्याटिङमा आएको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ५० रनको योगदान गरे भने बाँकी कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
पवन सर्राफले ८, सन्दिप लामिछाने र साहव आलमले समान ७/७, कप्तान दिपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान ६/६, रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंहले १ रन जोड । आसिफ शेख, कमल सिंह ऐरी र किशोर महतो शून्य रनमै पेभेलियन फर्किए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ६ विकेट लिए । नेपाल पहिलो पटक यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानले अब उपाधिका लागि पर्सि हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार