३० कात्तिक, मोरङ ।
नेकपा एमालेका नेता एवम् मोरङ् क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयी हुने दाबी गरेका छन । बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले कांग्रेसका उम्मेद्धवार शेखर कोइरालाले विराटनगरलाई महानगर हुन नदिन प्रपञ्च रचेको आरोप लगाउदै अब आफु बिजयी हुने बताए ।
आफू विराटनगरलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै बोल्दै आएको उल्लेख गर्दै उनले यही विषयलाई लिएर चुनावी मैदानमा भएको दाबी गरे । उनले मोरङ मनमहोन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारी र लालबाबु पण्डितको कार्यथलो भएको बताउँदै यहाँ कुनै कोइरालाको केही चल्नेवाला नभएको समेत जिकिर गरे ।
उनले आफू विजयी भएपछि यहाँको क्षेत्रका विकास गरेर देखाउने बताउँदै देश र जनताको शिर निहुर्याउने काम कहिल्यै नगर्ने दाबी गरे । उनले चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बताए ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन