देउवा : वाम गठबन्धन प्रजातन्त्र विरोधी

sher-bahadur-deuba-4_2w6kILt3NLडडेल्धुरा, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘मसित त तपार्इंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ ।’ डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको बताउँदै उनले जनताले दिएको मायाको दुरुपयोग हुन नदिने धारणासमेत राखे ।

‘मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु । डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ ।’ यहाँहरुकै सद्भाव र मायाले पटक–पटक यो देशको प्रधानमन्त्री भएको छु’, देउवाले भने ।

डडेल्धुराका विकास निर्माणका विषयमा बोल्दै उनले अधुरा सडक सञ्जाल, खानेपानी, विद्युत् विस्तारमा पहल गर्ने बताए । ‘सडक सञ्जाल विस्तार भए पनि कच्ची भएकाले धुलोधुवाँ धेरै भयो,’ उनले भने, ‘अब सबै सडकहरु कालोपत्र गर्छु ।’

उनले पञ्चेश्वर परियोजना चाँडै शुरु हुने बताउँदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिए । ‘पश्चिमी सेती र पञ्चेश्वर निर्माण भए यहाँको बेरोजगारी समस्यासमेत हल हुन्छ,’ उनले भने, ‘डडेल्धुरालगायत देशको बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ।’

‘म कसैका विरुद्ध यहाँ बोल्न आएको होइन,’ देउवाले भने । त्यसैगरी उनले जोगबुढा भएर भारत जान महाकाली नदीमाथि पुल निर्माण गर्ने बताउँदै सो पुल निर्माणका विषयमा भारतसित सहमति भइसकेको जानकारी दिए । त्यसका साथै उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने वचनबद्धता पनि प्रकट गरे ।

उनले वाम गठबन्धनलाई प्रजातन्त्र विरोधी भएको आरोप लगाउँदै कम्युनिस्ट शासन त्रासपूर्ण हुने बताए । ‘राणा शासन हटाएर प्रजातन्त्र ल्याउनदेखि ज्ञानेन्द्रलाई हटाएर लोकतन्त्र स्थापना गर्नसम्म काँग्रेसको भूमिका रह्यो,’ उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए