देउवा : निर्वाचन विषयमाथि कसैले चुनौती दिन खोज्छ भने त्यस्तालाई ठेगान लगाउनुहोस्

२८ कात्तिक,नेपालगञ्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ ।

k|wfgdGqL b]pjfnfO{ z'esfdgf k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ l;+xb/af/df g]kfn lghfdtL sd{rf/L ;ª3 ;ªu7g s]Gb|Lo sfo{ ;ldltsf kbflwsf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
k|wfgdGqL b]pjfnfO{ z’esfdgf
k|wfgdGqL z]/axfb’/ b]pjf laxLaf/ l;+xb/af/df g]kfn lghfdtL sd{rf/L ;ª3 ;ªu7g s]Gb|Lo sfo{ ;ldltsf kbflwsf/Lx?nfO{ lgb]{zg lbg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

यहाँ आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकारलगायत निर्वाचनसँग सम्बद्ध विषयमाथि कसैले चुनौती दिन खोज्छ भने त्यस्ता व्यक्ति, समूहलाई कानूनको दायरामा ल्याउन सरकारपछि पर्ने छैन ।”

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई योजनाबद्ध रुपमा सुदृढ बनाएको बताउँदै गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने दायित्व सरकारको हो, हाम्रो दायित्वलाई सम्बद्ध सरकारी तथा गैरसरकारी निकाय र नेपाली जनताको पनि सहयोग पाउनेमा म विश्वस्त छु भन्नुभयो ।

दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएको मितिमा गराउन सरकार कटिबद्ध रहेको बताउँदै उहाँले सबै सरोकार भएकाहरुको सहयोग जुटाई राष्ट्रिय प्राथमिकताभित्र पर्ने निर्वाचन सम्पन्न गराउन नेपाली जनताले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाले तीन तहको सुरक्षा घेरा बनाई निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै निर्वाचन बिथोल्ने प्रकृतिका छिटपुट घटनातर्पm सुरक्षा निकायका पदाधिकारी थप चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दवाडीले जनकपुर र पोखरामा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको जानकारी दिँदै सबै सुरक्षा निकायलाई सुरक्षा रणनीतिक योजनाअन्तर्गत निर्वाचनमा परिचालन गरिएको बताउनुभयो । गोष्ठीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयका उच्च सुरक्षा पदाधिकारीको सहभागिता छ । गोष्ठीमा सहभागी १६ जिल्लाको जिल्लागत सुरक्षा योजनाका विषयमा प्रस्तुतीकरण भएपछि त्यसमाथि समीक्षात्मक छलफल र विश्लेषण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो