घरमा डिजिटल केबल टेलिभिजन जोड्न सरकारको आग्रह , नत्र…..

कार्तिक २६,काठमाडौं : यही मंंगलबार (कात्तिक २८ गते) देखि एनालग टेलिभिजन बन्द हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने जानकारी दिँदै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबासीलाई आफ्नो घरमा डिजिटल केबल टेलिभिजन जोड्न आग्रह गरेको छ । 

146407543423574021_1254921404608864_1944229784_nमन्त्रालयले केबल टेलिभिजन महासंघलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने सूचना स्क्रोलिङ गरिदिन पनि आग्रह गरेको छ । २८ गते आफ्नो प्रशारण बन्द नगर्ने एनालग टेलिभिजनको लाइन काट्ने तयारी सञ्चार मन्त्रालयले गरिरहेको छ । “२९ गते हामी मन्त्रालयको नेतृत्वमा रहेको एउटा अनुगमन टोली बनाएर आफ्नो सेवा बन्द नगर्ने एनालग टेलिभिजन काट्दै छौँ,” मन्त्रालयका केबल टेलिभिजन शाखाका इन्जिनियर अनिल भुजेलले भने । 

लामो समयदेखि एनालग टेलिभिनज बन्द गर्ने मन्त्रालयले तयारी गरे पनि बन्द गर्न सकेको थिएन । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो । 

वैशाख १४ गते निकालेको सूचनाको समेत सरकार आफैंले अवज्ञा गरेको थियो । सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरुलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको छ । 

अहिले नेपालमा करिब ७० लाख टेलिभिजन रहेको अनुमान छ । तर, केवल अपरेटरले भने २० लाख पनि टेलिभिजन ग्राहक देखाएका छैनन् । कर तिर्नबाट बच्नका लागि केवल अपरेटरले प्रयोगकर्ताको संख्या घटाउने गरेका हुन् । 

डिजिटलमा गएपछि सरकारको करमा उल्लेख्य वृद्धि हुने सञ्चार मन्त्रालयको अपेक्षा छ । डिजिटलमा गएपछि अहिलेजस्तो ग्राहक लुकाएर कर छल्ने अवस्था नरहने र मन्त्रालयमा बसेर कति ग्राहक छन् हेर्न सकिनेछ । 

केवल टेलिभिजन एसोसिएसनले यसअघि सरकारले एनालग टेलिभिजन वैशाखबाट बन्द गराउने तयारी गरेपछि कम्तिमा तीन महिना समय थप गरिदिन आग्रह गरेको थियो । केवल टेलिभिजन एसोसिएसनका अध्यक्ष सुधीर पराजुली भन्छन्, “डिजिटल प्रविधिमा एनालगमा जस्तो केवल तारबाट टेलिभिजनको सिग्नल नआउने हुँदा अहिले ‘सेटअप बक्स’ को माग भइरहेको छ । यसका लागि ग्राहकले ‘सेटअप बक्स’ राख्नुपर्छ ।”

एनालग प्रविधिमा सेवा सञ्चालन गरिरहेका केवल टेलिभिजनहरुलाई डिजिटलमा जान निकै खर्चिलो पर्ने बताइएको छ । दुई वटा च्यानल सञ्चालन गर्ने एउटा केवल टेलिभिजनका लागि कम्तिमा एक अर्ब र राम्रो सामान राखेर गुणस्तरीय सेवा दिने हो भने ५ अर्बसम्म खर्च लाग्ने गरेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । 

डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजार देखि ४५ सयसम्ममा पाइन्छ । एनालग टेलिभिजन बन्द भएपछि अब ग्राहकले आफ्नो घरमा अनिवार्य रुपमा सेट अप बक्स राख्नैपर्छ । 

टेलिकम्युनिकेसन क्षेत्रको प्रवद्र्धन तथा नियमन गर्ने संस्था इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा ल्याउनैपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर