काठमाडौं, २६ कात्तिक । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुरामले भट्टराईले पुराना नेताहरुलाई गाली गर्ने नयाँ पुस्तालाई सम्बोधन गरेका छन् ।
चुनावी प्रचारको क्रममा गोर्खाको डाँडाकाँडा र गाउँबस्ती डुलिरहेका भट्टराईले शनिबार दिउँसो मनमा आएको सोचलाई राति ११ बजेपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् । उनले उक्त स्टाटसमा पुरानो पुस्ताका नेताहरु ओली, देउवा र प्रचण्डलाई पनि प्रतिरक्षा गरेका छन् । नयाँ पुस्ताले नेताहरुलाई ठाडै गाली गर्ने र असम्मान गरेको देखे/भोगेपछि उनले उक्त कुरा लेखेका हुन् ।
यस्तो छ भट्टराईको स्टाटस्-
आज दिउँसो कुरा गर्दागर्दै यो स्यानो सोंच मनमा आयो । पढ्नु होला ।
म र मेरा पुस्ताका लाखौं राजनीतिकर्मीहरुले युवावस्थादेखिको अहिलेसम्मको सम्पूर्ण जीवन देशको राजनीतिमा, राज्यशक्तिमा आम जनताको प्रभुत्व स्थापित गर्न लगायौं । हामी पहिलाका अनेक पुस्ता पनि यहि संघर्ष गर्दागर्दै बिदा भए । राज्य व्यवस्थाका जनविरोधि आधारहरुलाई नै फेरियो। हामीले धेरै प्रतिभावान साथीहरुलाई गुमायौं । आफै पनि धेरैपल्ट मृत्यु निकट पुगियो । नियतिले बाँचियो ।
आज हाम्रापछिको सार्वभौमसत्ता सम्पन्न पुस्ताहरुले देशको सर्वोच्च्च कार्यकारी पदमा बसिसकेका हामीजस्तालाई ठाडै अभद्र भाषामा कुरा गरेको हेर्दा थोरै चित्त दुखे पनि बढी खुसी नै लाग्छ। जनताको पूर्ण राजनीतिक र वाक स्वतन्त्रतानै त हाम्रो चाहना थियो ।
स्मरण रहोस्, ओलीजी, देउवाजी, कमरेड प्रचण्डजस्तो सर्वोच्च नेतालगायत लाखौं वहाँहरुका पुस्ताका राजनीतिकर्मीहरुले आ-आफ्नो राजनीतिक लडाई शुरु गर्दा, राजनीति गर्नु आज जस्तो सहज थिएन । जनपक्षीय राजनीति गर्नुको मतलव ज्यानको बाजी लगाउनु थियो । आफ्ना आफन्तजन र परिवारलाई खतराको घेरामा पार्नु थियो । आफ्नो घर जग्गा, सम्पत्ति रातारात गुमाउनु थियो । वर्षौं जेलमा बस्नु थियो, शारीरिक यातना सहनु थियो । सब बुझ्दाबुझ्दै लाखौंले संघर्षको बाटो रोजे ।
आजको पुस्ताको आफ्नै संघर्ष छ, दुःख छ । तथापि खुशीको कुरा के छ भने आज राजनीतिमा पस्दा, खुला छलफल गर्दा, राज्यको उच्च पदमा बसेकोलाई गाली गर्दा सहजै गर्न पाइन्छ। यो नेपाली जनताले आर्जन गरेको एउटा महत्वपूर्ण अधिकार हो । अंग्रेजीमा भन्छन्, “With power comes responsibility”, “अधिकारसँगै जिम्मेवारी पनि प्राप्त हुञ्छ” । बुझ्नु आबस्यक छ । बुझौं ।
हाम्रा पुस्ताले केही उपलब्धी गरे पनि धेरै गर्न बाँकी नै छ। देशमा व्याप्त चरम गरिबी हेर्दा लज्जाबोध हामी सबैलाई हुन्छ। बाँकी गर्न जति काम जसले भए पनि छिट्टै गर्दा यत्रा बलिदान र दुःखको केहि भरपाई हुन्थ्यो कि ? राजनीतिक विचारधारा र त्यसलाई प्राप्त गर्ने बाटो के हुन सक्छन् भन्ने कुराहरुमा हाम्रो वैचारिक लडाई हुनैपर्छ, हुन्छ, तर एकअर्काप्रति यथोचित सम्मानका साथ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित