बाबुरामले मध्यरातमा गाली गर्नेहरुलाई सम्झिदै भन्छन्- हाम्रो संघर्ष यसैका लागि थियो

काठमाडौं, २६ कात्तिक । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुरामले भट्टराईले पुराना नेताहरुलाई गाली गर्ने नयाँ पुस्तालाई सम्बोधन गरेका छन् ।baburam-bhattarai_12

चुनावी प्रचारको क्रममा गोर्खाको डाँडाकाँडा र गाउँबस्ती डुलिरहेका भट्टराईले शनिबार दिउँसो मनमा आएको सोचलाई राति ११ बजेपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् । उनले उक्त स्टाटसमा पुरानो पुस्ताका नेताहरु ओली, देउवा र प्रचण्डलाई पनि प्रतिरक्षा गरेका छन् । नयाँ पुस्ताले नेताहरुलाई ठाडै गाली गर्ने र असम्मान गरेको देखे/भोगेपछि उनले उक्त कुरा लेखेका हुन् ।

यस्तो छ भट्टराईको स्टाटस‍्-
आज दिउँसो कुरा गर्दागर्दै यो स्यानो सोंच मनमा आयो । पढ्नु होला ।
म र मेरा पुस्ताका लाखौं राजनीतिकर्मीहरुले युवावस्थादेखिको अहिलेसम्मको सम्पूर्ण जीवन देशको राजनीतिमा, राज्यशक्तिमा आम जनताको प्रभुत्व स्थापित गर्न लगायौं । हामी पहिलाका अनेक पुस्ता पनि यहि संघर्ष गर्दागर्दै बिदा भए । राज्य व्यवस्थाका जनविरोधि आधारहरुलाई नै फेरियो। हामीले धेरै प्रतिभावान साथीहरुलाई गुमायौं । आफै पनि धेरैपल्ट मृत्यु निकट पुगियो । नियतिले बाँचियो ।

आज हाम्रापछिको सार्वभौमसत्ता सम्पन्न पुस्ताहरुले देशको सर्वोच्च्च कार्यकारी पदमा बसिसकेका हामीजस्तालाई ठाडै अभद्र भाषामा कुरा गरेको हेर्दा थोरै चित्त दुखे पनि बढी खुसी नै लाग्छ। जनताको पूर्ण राजनीतिक र वाक स्वतन्त्रतानै त हाम्रो चाहना थियो ।

स्मरण रहोस्, ओलीजी, देउवाजी, कमरेड प्रचण्डजस्तो सर्वोच्च नेतालगायत लाखौं वहाँहरुका पुस्ताका राजनीतिकर्मीहरुले आ-आफ्नो राजनीतिक लडाई शुरु गर्दा, राजनीति गर्नु आज जस्तो सहज थिएन । जनपक्षीय राजनीति गर्नुको मतलव ज्यानको बाजी लगाउनु थियो । आफ्ना आफन्तजन र परिवारलाई खतराको घेरामा पार्नु थियो । आफ्नो घर जग्गा, सम्पत्ति रातारात गुमाउनु थियो । वर्षौं जेलमा बस्नु थियो, शारीरिक यातना सहनु थियो । सब बुझ्दाबुझ्दै लाखौंले संघर्षको बाटो रोजे ।

आजको पुस्ताको आफ्नै संघर्ष छ, दुःख छ । तथापि खुशीको कुरा के छ भने आज राजनीतिमा पस्दा, खुला छलफल गर्दा, राज्यको उच्च पदमा बसेकोलाई गाली गर्दा सहजै गर्न पाइन्छ। यो नेपाली जनताले आर्जन गरेको एउटा महत्वपूर्ण अधिकार हो । अंग्रेजीमा भन्छन्, “With power comes responsibility”, “अधिकारसँगै जिम्मेवारी पनि प्राप्त हुञ्छ” । बुझ्नु आबस्यक छ । बुझौं ।

हाम्रा पुस्ताले केही उपलब्धी गरे पनि धेरै गर्न बाँकी नै छ। देशमा व्याप्त चरम गरिबी हेर्दा लज्जाबोध हामी सबैलाई हुन्छ। बाँकी गर्न जति काम जसले भए पनि छिट्टै गर्दा यत्रा बलिदान र दुःखको केहि भरपाई हुन्थ्यो कि ? राजनीतिक विचारधारा र त्यसलाई प्राप्त गर्ने बाटो के हुन सक्छन् भन्ने कुराहरुमा हाम्रो वैचारिक लडाई हुनैपर्छ, हुन्छ, तर एकअर्काप्रति यथोचित सम्मानका साथ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र