राजपाका नेता असन्तुष्ट

upendra-mahanthaकाठमाडौँ,  २४ कात्तिक।  सङ्घीय समाजवादी फोरम (ससफो) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई नेपाली काँग्रेसले सघाउने भएपछि दुई नेतामा उत्साह देखिए पनि मधेसवादी दलका अन्य नेता भने असन्तुष्ट भएका छन् ।
काँग्रेस र मधेसवादी दलबीच सुरुमा लोकतान्त्रिक गठबन्धन बनाई तालमेल गर्न छलफल भएको थियो तर राजपा नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो र काँग्रेस नेता विमलेन्द्र निधि एकै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएपछि तालमेलमा सहमति हुन सकेको थिएन ।
शीर्ष नेतालाई सहयोग हुने गरी तालमेल गर्ने विषयमा छलफल भए पनि काँग्रेसका कारण सहमति हुन नसकेको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बताउनुभयो ।  सहमति नभए पनि काँग्रेसले फोरम अध्यक्ष यादव र संयोजक ठाकुरलाई मात्र सघाउने निर्णय गरेपछि मधेसी दलका अन्य नेता त्यसै विषयलाई लिएर असन्तुष्ट देखिनुभएको छ ।
महोत्तरी–२ बाट उम्मेदारी दिनुभएका ठाकुरलाई सघाउन काँग्रेसका बजरङ्ग नेपाली र सप्तरी–२ मा उम्मेदवारी दिनुभएका अध्यक्ष यादवलाई सघाउन काँग्रेसका सकलदेव सुतियारले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
अध्यक्ष यादव र संयोजक ठाकुरलाई सघाएपछि काँग्रेसले धनुषा–३ बाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई फिर्ता गराउन दबाब दिइरहेको छ ।  तर, महतो उम्मेदवारी फिर्ता नलिने अडानमा हुनुहुन्छ ।  नेता महतोले भन्नुभयो, “मैले किन उम्मेदवारी फिर्ता लिने, विमलेन्द्रजीले फिर्ता लिए भइहाल्यो नि ।  शीर्ष नेताहरूलाई सघाउने सहमति भए निधिले मेरा लागि छाड्नुपर्ने हो । ”
काँग्रेसले यादव र ठाकुरलाई सघाउने निर्णय लिएपछि अब मधेसवादी दलले केही स्थानमा काँग्रेसलाई सघाउनुपर्ने नेता निधि पक्षको दाबी छ ।  नेता महतोले आफ्नो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ मा उम्मेदवारी दिनुभएकाले महतोले उम्मेदवारी छाड्नुपर्ने निधि पक्षको दाबी छ ।
नेता महतोले सर्लाही–४ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको थियो तर त्यहाँ काँग्रेस नेता डा. अमरेशकुमार सिंहले उम्मेदवारी फिर्ता लिन नमानेपछि उहाँ धनुषा–३ मा जानुभएको हो ।
महतोले सर्लाही–४ बाट नेता सिंहलाई फिर्ता गराउन वा धनुषा–३ बाट निधिलाई फिर्ता गराउन काँग्रेससमक्ष प्रस्ताव गर्नुभएको थियो तर दुई जनामध्ये कसैले फिर्ता लिन नमानेपछि उहाँ धनुषा–३ मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
सर्लाही–२ का लागि प्रतिनिधिसभाका उम्मेदवारी दिनुभएका राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवको प्रतिस्पर्धी नेपाली काँग्रेसका जङ्गीलाल राय यादव रहनुभएको छ ।  जङ्गीलाल राय यादव राजपा नेपालको महासचिव हुनुहुन्थ्यो ।  स्थानीय चुनावमा पार्टीले टिकट बाँडफाँटमा अनियमितता गरेको भन्दै उहाँ पार्टी छाडेर काँग्रेसमा जानुभएको हो ।
नेता जङ्गीलाल र रायबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  महेन्द्र राय यादवले भन्नुभयो, “चुनावमा तालमेल गर्ने काँग्रेससँग कुनै सहमति भएको होइन तर एउटै दलका एक जना नेतालाई जिताउने गरी फिर्ता लिने र अर्कोमा फिर्ता नलिनु भनेको नेताको बीच द्वन्द्व सिर्जना गराउनु हो । ” व्यक्तिगत सम्बन्धले पनि उपेन्द्र र महन्थको क्षेत्रबाट काँग्रेसले उम्मेदवारी फिर्ता लिएको होला तर यसबाट काँग्रेसले मधेसमा द्वन्द्व फैलाउन चाहेको आरोप उहाँले लगाउनुभयो ।
महोत्तरी–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका शरत्सिंह भण्डारीसँग काँग्रेसका किरण यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।  किरण यादव र भण्डारीबीच पनि कडा प्रतिस्पर्धा हुने अनुमान  छ ।  यादवलाई पनि उम्मेदवारी फिर्ता गराउने प्रयास भएको थियो तर उहाँको साटो मधेसवादी दलका नेतामध्ये कसले छाड्ने निश्चित नभएपछि उहाँले पनि नछाडेको स्रोतले जानकारी दिएको छ ।
त्यस्तै सिरहा–४ मा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग नेपाली काँग्रेसका गणेश मण्डलले प्रतिस्पर्धा गरिरहनुभएको छ भने अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झासँग काँग्रेसका नेता कृष्ण यादवले प्रतिस्पर्धा गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता एवं कृषिमन्त्री रामकृष्ण यादवले नेपाली काँग्रेसले मधेसवादी दलका दुईजना शीर्ष नेताको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ तर मधेसवादी दलले हालसम्म कतै पनि उम्मेदवारी फिर्ता नगराएको बताउनुभयो ।  “काँग्रेसले दुई ठाउँबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मधेसवादी दलले यो कुरा आफैँ बुझेर फिर्ता लिनुपर्ने हो”, उहाँले गुनासो गर्नुभयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०