वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउँछ : नेम्वाङ

THTFB1545B9_subashइलाम, २० कात्तिक । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताएका छन् ।

सोमबार फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए ।

‘पाँच वर्षसम्म स्थिर सरकार चलाएर मुलुकलाई आर्थिक विकासतर्फ उन्मुख गराउने लक्ष्य छ,’ उनले भने, ‘समृद्ध नेपालको आधार तयार भएको छ, यसकै आधारमा हामी देशलाई समृद्ध बनाउँछौं ।’

अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको उनको भनाई थियो । वाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि नभएको नेम्वाङले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन