ट्रम्प ११ दिने एशिया भ्रमणमा, यस्तो छ भ्रमण तालिका

trump

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणमा निस्किएका छन् । ११ दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिले एशियाली देशको यति लामो भ्रमण गरेको २५ वर्षपछि पहिलो पटक भएको बीबीसीले उल्लेख गरेको छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियासँग तनाव बढेका बेला राष्ट्रपति ट्रम्प एशियाली मूलुकको भ्रमणमा निस्किएका हुन् ।

भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानसँगको मोर्चाबन्दी देखाएर चीनलाई प्योङयाङविरुद्ध कडा रुपमा प्रस्तुत हुन दबाब दिनसक्ने अनुमान गरिएको छ । भ्रमणका लागि राष्ट्रपति ट्रम्प अमेरिकाकै हवाइ राज्य पुगेका छन् । त्यहाँ उनी अमेरिकी प्यासिफक कमाण्डको ब्रिफिङमा सहभागी भए ।

हवाइबाट राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प जापानका लागि प्रस्थान गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । भोली विहान जापान पुग्ने ट्रम्पले जापानी प्रधानमन्त्री सिञ्जो अबेसँग छलफल गर्नेछन् ।

मंगलबार दक्षिण कोरिया पुग्ने राष्ट्रपति ट्रम्प बुधबार चीन जाने कार्यक्रम छ । नोभेम्बर १३ मा फिलिपिन्सको मनिलामा हुने आसियान सम्मेलनमा सहभागी भएर ट्रम्प स्वदेश फर्कने अमेरिकी सञ्चारमाध्यामले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक