कात्तिक १५ : एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् ।
नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ ।
यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको छ ।
गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् ।
‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले भने, ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ ।’
एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०