नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याएपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन्।
कास्कीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले पहिले समाजवादी पार्टी बनाएर जाने भन्दै बोलाएको बताए । ‘नयाँ समाजवादी पार्टी बनाउने हो भनेर बोलाएका थिए,’ भट्टराईले भने ‘तर पछि गएर बुझ्दा त पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोकेपछि हामी गठबन्धनबाट बाहिरियौँ।’
उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र औचित्य नरहेको बताए। स्टालिनकालीन कम्युनिष्टको नेपालमा कै औचित्य नरहेको उनको जिकिर थियो। उनले एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउँदै दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको उनको दाबी थियो ।
उनले गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको हल्ला मात्रै भएको बताए। उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए। काँग्रेस र कम्युनिष्ट दुवैलाई समदूरीमा राखेर अगाडि बढ्ने समेत बताए ।
संयोजक भट्टराईले लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने बताए । ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’ उनले भने अबको अावश्यकता नयाँ फ्यूजन नै आवश्यक रहेको बताए।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र