१२ कात्तिक, काठमाडौं : सिंचाईमन्त्री संजय गौतमले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध भएको बताएका छन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समय मंसिर १० र २१ गते नै चुनाव गराउने दाबी गर्दै मन्त्री गौतमले चुनाव कुनै पनि हालतमा नसर्ने बताउँदै आशंका नगर्न आग्रह समेत गरे ।
आइतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कर कार्यक्रममा बेल्दै मन्त्री गौतमले सर्वोच्च अदालतले निर्वाचन आयोगसँग जवाफ माग्दैमा चुनाव प्रभावित नहुने बताए । गौतमले यसअघि स्थानीय निकायको चुनाव पनि गराउँदैन भनेर यसरी नै प्रचार गरिएको स्मरण गराउँदै चुनाव नचाहने तत्वले आशंका गरेको आरोप लगाए । त्यसैगरी नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अपरिहार्य भएको बताए ।
अदालती प्रक्रियाले केही आशंका उब्जिए पनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने तर्क पाण्डेको छ । अदृश्य शक्तिले चुनाव सार्ने प्रयास गरेको आशंका गर्दै पाण्डेले त्यस्ता प्रयास सफल नहुने बताए । साक्षात्कारमा कार्यक्रममा राष्ट्रिय जनता पार्टीको महासचिव मनिष सुमनले मधेशी जनताका लागि मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी एउटै भएको आरोप लगाए ।
आवश्यकता अनुसार लोकतान्त्रिक गठबन्धन निर्माण गर्न लागिएको भए पनि नेपाली कांग्रेस इमानदार नबनेको आरोप सुमनको छ ।उहाले राजपा र संघीय समाजवादी फोरमले भने साझा उम्मेदवार तय गर्ने जानकारी पनि दिए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का