रौतहट, १० गते कात्तिक । परापूर्वकालदेखि तराई मधेसमा मनाइँदै आइएको लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ । अहिले राजधानी काठमाडाैँ र पोखरामा मात्र नभई कतिपय ठाउँका मुुस्लिम समुुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् तर तराई मधेसमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ ।
सरकारबाट छुुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै रहेको छ ।
कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुुरपुुरटोल, टोलापुुरका करिब पाँच सय परिवारका व्रतालुु लालबकैया नदीछेउमा दसकौँदेखि छठीपर्व मनाउँदै आएका छन् । परम्पराअनुुसार लगानी सानो ठूलो भए पनि पर्व भन्ने सबैले एउटै ढङ्गबाट मनाउँदै आएका छन् ।
वर्षैभर अथवा सधैँ एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुुट्टाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ । पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुुट्टाछुुट्टै मण्डप रहेको छ भने अल्पसङ्ख्यक, पिछडा वर्ग र बहुुसङ्ख्यकको छुुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।
त्यसैगरी बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुुको एउटै मण्डप रहेको छ । संयुुक्त मण्डपमा बजारका व्रतालुु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसङ्ख्यक छुुट्टाछुुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।
कटहरिया–४ चमारटोलका भुुटा महरा चमारका छोरा रामाशङ्कर आफ्ना जातिका व्रतालुुहरू धेरै समय अघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुुहुुन्छ ।
दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुुवाछूत हुने भएका कारण आफूहरू थोरै सङ्ख्यामा भए पनि छुुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।
कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।
पूर्व शहरी विकासमन्त्री प्रभुु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र