रौतहट, १० गते कात्तिक । परापूर्वकालदेखि तराई मधेसमा मनाइँदै आइएको लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ । अहिले राजधानी काठमाडाैँ र पोखरामा मात्र नभई कतिपय ठाउँका मुुस्लिम समुुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् तर तराई मधेसमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ ।
सरकारबाट छुुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै रहेको छ ।
कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुुरपुुरटोल, टोलापुुरका करिब पाँच सय परिवारका व्रतालुु लालबकैया नदीछेउमा दसकौँदेखि छठीपर्व मनाउँदै आएका छन् । परम्पराअनुुसार लगानी सानो ठूलो भए पनि पर्व भन्ने सबैले एउटै ढङ्गबाट मनाउँदै आएका छन् ।
वर्षैभर अथवा सधैँ एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुुट्टाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ । पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुुट्टाछुुट्टै मण्डप रहेको छ भने अल्पसङ्ख्यक, पिछडा वर्ग र बहुुसङ्ख्यकको छुुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।
त्यसैगरी बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुुको एउटै मण्डप रहेको छ । संयुुक्त मण्डपमा बजारका व्रतालुु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसङ्ख्यक छुुट्टाछुुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।
कटहरिया–४ चमारटोलका भुुटा महरा चमारका छोरा रामाशङ्कर आफ्ना जातिका व्रतालुुहरू धेरै समय अघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुुहुुन्छ ।
दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुुवाछूत हुने भएका कारण आफूहरू थोरै सङ्ख्यामा भए पनि छुुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।
कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।
पूर्व शहरी विकासमन्त्री प्रभुु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन