कात्तिक ५,इस्लामाबाद : पाकिस्तानी क्रिकेट टोलीका एक खेलाडीलाई म्याच फिक्सरले अफर गरेको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ ।
पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष नाजामा सेठीले खेलाडीलाई अफर आउने बित्तिकै उनले यसको जानकारी बोर्डलाई गराएको उल्लेख गरेका छन् । बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) यस घटनाबारे जानकारी गराइसकेको छ ।
पाकिस्तानी मिडियाका अनुसार श्रीलंकाविरुद्ध अबुधावीमा बुधबार भएको तेस्रो एकदिवसीय खेलअघि कप्तान सर्फराज अहमदलाई म्याच फिक्सिङका लागि अफर आएको थियो ।
यस्तो अफरबारे बोर्डलाई जानकारी नगराए ६ देखि आजीवन प्रतिबन्धको सजायको व्यवस्था छ ।
यसअघि पाकिस्तानका तीव्र गतिका बलर मोहमद इरफानले दुई पटक यस्तो अफरबारे रिपार्ट नगरेको भन्दै आइसीसीले उनलाई १ वर्षका लागि प्रतिबन्ध गरेको थियो । पाकिस्तानले तेस्रो एकदिवसीय खेल ७ विकेटले जित्दै पाँच खेलको श्रृंखलामा ३–० ले कब्जा जमाएको छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार