काठमाडौं, २५ असोज – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञ बहादुर थापाले चुनाव सर्न सक्ने संकेत गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन् ।
मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशसभाको निर्वाचन सर्न सक्ने बताएका छन् । तर मंसिर २१ गते हुने संघीयसभाको निर्वाचन भने तोकिएको मितिमा नै सम्पन्न हुने थापाले स्पष्ट पारेका छन् । पछिल्लो पटक विकसित राजनीतिक घटनाका कारण केन्द्र र प्रदेशसभाको निर्वाचन एकै पटक गर्ने तयारी भएको समेत बताएका छन् । यसका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको छ ।
‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो,’ मन्त्री थापाले भने । त्यस्तै दलहरुबीच भएको चुनावी तालमेललाई नेपाली काँग्रेसले स्वभाविक रुपमा लिएको मन्त्री थापाले बताएका छन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का