काठमाडौं, २३ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको अभिभारा पुरा गर्न वाम एकताको प्रयास थालिएको स्पष्ट पारेका छन् ।
सोमबार पार्टीकेन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन । यो नयाँ आधारमा पार्टी बनाउने विषय हो ।’
उनले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताए ।
उनले भने, “पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो । पुरानै अवस्थामा कोही पनि रहँदैनन् । नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो ।’ पार्टी एकता भन्नु नै माओवादी केन्द्रको विघटन भएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले भने, ‘अबको नयाँ क्रान्तिको शुरुवात तपाईं हामीले गर्ने हो, जमेको पोखरी जस्तो बनेर हुँदैन ।’ माओवादी एमालेमा विलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता माओवादीका मुद्दा सुदृढ गर्न लागिपरेको स्पष्ट पारे ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का