कांग्रेस र एमालेले गर्‍यो उम्मेदवार सिफारिस

२१ असोज, परासी : नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाका लागि आफ्नो उम्मेवारको नाम टुंग्याएर सिफारिस गरेको छ । 

 

कांग्रेस नवलपरासीको क्षेत्रिय समितिले प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । महामन्त्री डा. शसाकं कोइराला प्रदेश ४ अन्र्तगत नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । कोइरालासहित पूर्व सांसद महेन्द्रध्वज जिसी र कमला तिवारीको नाम सिफारिस भएको छ ।

नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि महेन्द्रध्वज जिसीसहित बिष्णु कार्की, कृष्णचन्द्र नेपाली र ओेमकला गौतमको नाम सिफारिस गरिएको क्षेत्रीय सभापती दुर्गा बहादुर रानाले बताए ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को बाट करुणसागर सुवेदी, ओम सापकोटा, सत्यनारायण खनाल, द्रोणवन सन्यासी, पत्रकार महासंघ नवलपरासीका सभापती होमराज रानाभाट, कमल पराजुलीको नाम सिफारिस गरीएको छ ।

बाट हेमराज कोइराला, भानु सिग्देल, डिल्लीराम कडरिया, महेन्द्र पोखरेल, कपिलदेव भुषाल, झपेन्द्रश्वर भुषाल, सरस्वती तिमिल्सिना, धर्म बस्याल, ओमकला गौतम, बिष्णु पाण्डे लगायतको नाम सिफारिस गरीएको क्षेत्रीय समितिले जनाएको छ ।

नवलपुर क्षेत्र नम्बर २ को क बाट प्रदेशसभाको लागि श्रीधर शर्मा, नेपाली कांगे्रसका जिल्ला सभापति बिष्णु लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्टराईको नाम सिफारिस गरीएको छ । २ को बाट गणेशमान श्रेष्ठ, कमल भट्टराई, सुर्य गुरुङ, भरत भुषाल, उदय अर्याल, टेकप्रसाद श्रेष्ठ, दोमनबहादुर भण्डारी र बालकृष्ण भुषालको नाम सिफारिस भएको क्षेत्रीय सभापती दुर्गा बहादुर रानाले बताए ।

प्रदेश ५ अन्र्ततग पर्ने परासी तर्फको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि सांसद देवकरण जैसवालको नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेश सभाको लागि क्षेत्र नम्बर १ को क बाट विक्रम खनाल र खबाट मुकुल आचार्यको नाम सिफारिस भएको छ ।

२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका नेता देवेन्द्रराज कँडेलको नाम सिफारिस भएको छ भने प्रदेशसभाको लागि २ को क बाट अर्जुन कुमार पोखरेल, मोहन शर्मा र टंक न्यौपानेको नाम सिफारिस भएको छ ।  बाट प्रदेश सभाको लागि बैजनाथ जैसवाल, विक्रम यादव र राधेश्याम पाठको नाम सिफारिस भएको छ । क्षेत्रिय समितिले सिफारिस गरेको नाम जिल्ला हुँदै केन्द्रमा पठाइने जिल्ला सभापति विष्णु लामिछानेले बताए ।

यस्तै एमाले परासीले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

नवलपरासी (ख) क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य लागि डा. शोभाकान्त ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको । क्षेत्र नम्बर १ लागि भने कुनै पनि नाम सिफारिस गरीएको छैन । प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नम्बर १ खाली राखिएको नेकपा एमाले परासी जिल्ला कमिटिका सह संयोजक थान प्रसाद गैहे्रले बताए ।

क्षेत्र नम्बर १ बाट हृदयेश त्रिपाठी उठ्नेछन् । राजपा छाडेका उनले सूर्य चुनाव चिन्ह लिएका छन् ।

१ बाट प्रतिनिधिसभाको लागि कुनै पनि नाम सिफारिस गरीएको छैन, त्रिपाठीजी को क्षेत्र हो, उहाँ उठने कुरा छ ,बाँकी केन्द्रले मिलाउँछ’ सह संयोजक गैह्रेले भन्नुभयो ।

प्रदेशसभाका लागि भने क्षेत्र नम्बर १ को क बाट बृहस्पती अधिकारी, दिपेन्द्र अधिकारी, रुक्माङ्गत ज्ञवाली, टोपबहादुर सिहं ठकुरी र सिन्धु जलेसाको नाम सिफारिस भएको छ ।

१ को ख बाट टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेस पोखरेलको नाम सिफारिस भएको छ ।

परासी क्षेत्रको २ नम्बर क्षेत्र अन्र्तगत प्रदेशसभा सदस्यको उम्मेदवारको लागि दुबै क्षेत्र बाट सर्वसम्मत रुपमा नाम सिफारिस गरिएको जिल्ला सहसंयोजक थानप्रसाद गैह्रेले बताए । कबाट बैजनाथ चौधरी र खबाट सिताराम चौधरी सिफारिस भएका छन् ।

एमाले नवलपुरले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा कृष्ण पौडेल, डा. गोपाल खनाल र शुस्मा काफ्लेको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ मा तिलक महतको नाम सिफारिस गरिएको नवलपुर जिल्ला कमिटी संयोजक रोशन बहादुर गाहाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का