कांग्रेसलाई एमालेको यस्ताे चेतावनी

२१ असोज, काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । साथै वाम एकतालाई देखाएर चुनाव नगर्ने खेलमा नलाग्न समेत सचेत गराएको छ ।

 

UML-meet

शनिबार धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकालेको छ । र, सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय लिएको छ ।

आफूहरुको सहमति कांग्रेसविरुद्ध नभएको भन्दै एमालेले अराजनीतिक टिपप्णी नगर्न आग्रह गरेको छ । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘कतिपय पार्टी र नेताहरुको अभिव्यक्तिले उनीहरुभित्रको बेचैनी, अत्यासलाई अभिव्यक्त गरेको छ ।’ वाम एकता गर्ने आफूहरुको सहमतिलाई लोकतान्त्रमाथिको खतरा, अधिनायकवादको यात्रा, राजनीतिक अस्थिरता निम्त्याउने खेल भनेकोमा एमालेले आश्चर्य व्यक्त गरेको छ ।

सचिव ज्ञवालीले हचुवा र अराजनीतिक टिप्पणी नगर्न र लोकतन्त्रमाथिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरी सर्वसत्तावाद/अधिनायकवाद आदि टिप्पणीलाई उनीहरुमा आएको हतासा र विचलनका रुपमा लिएका छौं ।’

एमालेले माओवादीसँगको एकता सरकार ढाल्नका नभएको र यही सरकारले चुनाव गराउने प्रष्ट पारेको छ । तर, वामपन्थी एकताको नाममा सरकार परिवर्तन र सरकार परिवर्तनको नाममा चुनाव सार्ने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएको छ । निर्वाचन कार्यक्रम शुरु भइसकेको र निर्वाचन आयोगले चेतावनी दिइसकेकाले मन्त्रिपरिषद हेरेफर स्वीकार्य नहुने पनि एमालेले प्रष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का