माओवादी बैठक सम्पन्न, प्रचण्डलाई एमालेसँग एकता र तालमेलको अधिकार

काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक आसन्न निर्वाचनमा तालमेल र नेकपा (एमाले) सँग पार्टी एकताका विषयमा केन्द्रित रहेको थियो । बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमल्सिनाले दिए ।

नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो