यसरी थाहा नै नभई हुन्छ आँखा क्यान्सर

एजेन्सी, १६ असोज । आँखामा क्यान्सर हुन्छ भन्ने सामान्य जनचेतनासम्म नहुँदा यस्ता समस्या भएका बालबालिका बढिरहेका छन् । बालबालिकामा मात्र नभएर अन्य उमेर समूहका मानिसमा पनि आँखाको क्यान्सर हुन्छ ।

आँखामा हुने क्यान्सरबारे आँखारोग विशेषज्ञ वेन लिम्बूसँग नयाँ पत्रिकाकर्मी सरला कट्टेलले सोधेका केही प्रश्नको जवाफ जस्ताको त्यस्तै :

 

प्रमुख लक्षण

नेपाली समाजमा आँखा टेढो हुनु ।

आँखाको कालो भागको बीच भाग सेतो देखिनु, बत्ती बाल्दा आँखामा सेतो टल्कनु ।

रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु, दुवै आँखाको नानी उस्तै नदेखिनु ।

आँखा टेढो हुनु, रातो हुनु, दुख्नु, दृष्टि कम हुनु ।

आँखामा क्यान्सर भए कहिलेकाहीँ आँखाको डल्लो बाहिर निस्कन्छ ।

 

क्यान्सर भए के गर्ने ?

समयमै उपचार गर्नुपर्छ । यदि उपचार गर्न नसकिए बिरामीको दृष्टि गुम्नुका साथै शरीरका विभिन्न भागमा रोग फैलिएर बिरामीको मुत्यु हुन्छ ।

आँखाको क्यान्सर रोग प्रारम्भिक अवस्थामै पत्ता लागे आँखा र दृष्टि बचाउन सकिन्छ । प्रारम्भिक अवस्थामा आँखाको क्यान्सर पत्ता लागे आँखालाई बचाउन सकिन्छ ।

आँखाको क्यान्सर जेनेटिक पनि हुन सक्छ । बच्चाको शरीरमा हुने जिन बिग्रेर खराबी आएमा क्यान्सर देखापर्न सक्छ ।

आँखाको क्यान्सर बिग्रियो भने शरीरबाट सर्दै टाउको, हड्डी, कलेजो, मुटु, पेट आदि अंगमा पनि पुग्न सक्छ ।

पहिलो स्टेजमै आँखाको क्यान्सर थाहा भएको खण्डमा किमोथेरापी, रेडियोथेरापी, अप्रेसन गरेर उपचार गर्न सकिन्छ ।

बालबालिकाको आँखामा हुने क्यान्सर बढ्दो क्रममा रहेका कारण अनौठो लक्षण देखिनेबित्तिकै आँखाको डाक्टरकहाँ लानुपर्छ । समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । बालबालिकाको आँखामा आउने समस्याको बारेमा बाबु–आमाले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन