अनन्त: एमालेसँग तालमेल मात्र होइन, पार्टी एकता पनि गर्न सकिन्छ

रोल्पा, १५ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग पार्टी एकता गर्न सकिने धारणा राखेका छन् ।

दशैंको लागि रोल्पा पुगेका नेता अनन्तले प्रेस सेन्टर रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा भने, ‘एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकताको सम्भावना बढी रहेको छ ।’ उनले एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकताको सम्भावना बढी रहेको धारणा राखेका हुन् ।

आइतबार बिहान बालकोटमा बसेको एमालेको स्थायी समितिको बैठकले माओवादीसँग चुनावी तालमेल निर्णय गरेसँगै माओवादी केन्द्रका प्रभावशाली नेता अनन्तले रोल्पामा बोलेको कुरालाई अर्थपूर्णरुपमा हेरिएको छ । ‘एमाले र हाम्रो पार्टीको राजनीतिक लाइन अहिले नजिक छ, दुवै पार्टीले सामाजवादी क्रान्ति पूरा गर्ने कार्यदिशामा अगाडि बढ्ने निर्णय गरेका छौँ’, पुनले भने, ‘हाम्रो र एमालेको राजनीतिक बाटो समान भएकाले पार्टी एकता हुनसक्छ।’

उनले समाजवादी क्रान्तिको मोडालिटिबारे भने माओवादी केन्द्र र एमालेबीच छलफल हुनुपर्ने धारणा राखे । यद्यपि उनले निर्वाचन अगाडि नै दुई पार्टीको एकता सम्भव नभएको बताए । ‘दुवै पार्टीले पुँजीवादी क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्ति पूरा गर्न अगाडि बढ्ने बताएका छन्,’ अनन्त अगाडि भने, ‘पार्टी एकता हुनसक्ने सम्भावना छ र चुनावपछि बहस गर्न सकिन्छ ।’

नेता अनन्तले आगामी चुनावमा एमालेसँग तालमेलका लागि २, ५ र ६ नं. प्रदेशको मुख्य मन्त्रीमा माओवादीको दावी रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन