इन्जिनमा विस्फोट भएपछि विमानको आकस्मिक अवतरण

ओट्टावा, (क्यानाडा), १५ असोज । फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ ।

सो विमान पेरिसबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको थियो । गन्तब्यतर्फ जाने क्रममा आन्ध्र महासागर माथि उडिरहेको अवस्थामा विमानका चारवटामध्ये एउटा इन्जिनमा आगलागी भै विस्फोट भएको थियो ।

एयर बस कम्पनीद्वारा फ्रान्स मै निर्मित, ए–३८० मोडेलको सो विमान विश्वमा हालसम्म उत्पादित यात्रुबाहक विमानहरुमध्ये सबभन्दा विशाल कायको मानिन्छ । आगलागी भई एउटा इन्जिन विस्फोट भएपछि तत्कालै चालक दलले उक्त विमानलाई क्यानाडाको लाब्राडर प्रान्तको गूज बे विमानस्थलमा अत्यन्त सकुशल अवतरण गराएका थिए ।

विमानमा सवार ५२० जना यात्रुहरुमध्ये धन्न कसैलाई केही पनि नभएको जनाइएको छ । विमान आकस्मिक अवतरणको क्रममा इन्जिनको ढक्कन (काउलिङ्ग) लगायत इन्जिनका अन्य मुख्य मुख्य पार्टपुर्जाहरु टुक्रा टुक्रा भै धावनमार्गमा खसेर टाढाटाढासम्म यत्रतत्र छरपस्ट भएका थिए ।

विमानमा सवार यात्रुहरुले बताए अनुसार साँढे छ घण्टा उडिसकेपछि सो विमानभित्र भयङ्कर विस्फोटको आवाज सुनिए ता पनि चालक दलको कार्य कुशलताले सुरक्षित अवतरण भएको, कुनै भय, त्रास वा भागदौड मच्चिने स्थिति आउनै नपाई नियमित यात्रासरह सामान्य अवस्था रहेको थियो ।

इन्जिन फेर्ने लगायत अन्य सम्पूर्ण मर्मत सम्भारपश्चात् उक्त बिमानलाई फिर्ता लगिने एयर फ्रान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो