कालीकोटमा गर्भपतन गराउनेको संख्या बर्षेनी घट्दो

कालीकोट, १५ असोज । कालीकोटमा वर्षेनी गर्भपतन गराउनेको संख्या घट्दै गएको पाइएको छ । जिल्ला स्वास्थ कार्यालय कालीकोटले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष २०७३/०७४ मा कालीकोटमा गर्भपतन गराउनेको संख्या २ सय ९४ रहेको थियो ।

यो संख्या अघिल्लो आर्थिक बर्ष भन्दा धेरै कम भएको सिनियर अहेव रविन्द सेजुवालले बताए । अघिल्लो आर्थिक बर्ष २०७२/०७३ मा कालीकोटमा ३ सय १४ जनाले गर्भपतन गराएका थिए । विभिन्न संघ सस्था र जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले गरेका विभिन्न चेतना मुलक कार्यक्रमले कालीकोटमा गर्भपतन गराउने संख्या कम हुँदै गएको बताइएको छ ।

कालीकोटमा मातृ मृत्युको प्रमुख कारण मध्यको एक असुरक्षित गर्भपतन पनि हो । स्थानीय स्तरमा सन्तानको रहर पूरा भएका तर परिवार नियोजनका साधनको प्रयोग नगर्ने दम्पतिले गर्भपतन गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

कालीकोटका गेला, कुमालगाउँ, चिल्खाया, फुकोट, स्युना मेहेलमुडि गरी ६ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिइरहेको जिल्ला अस्पताल कालीकोटका सिनियर अहेव सेजुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो