दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् ।
दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।
सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’बंगुरको हकमा भने बोसो भएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ । ‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरि आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने, ‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खान अयोग्य मानिन्छ ।’
-हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्न सुझाव
-छाला र भएको मासु प्रयोग गर्नु नहुने
-फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने
-पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक
-पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा
-मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाँदा राम्रो
-गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्नुपर्ने
यस्तै, पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुने उनको ठहर छ । यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन्छ । मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र पिक्काजस्तो देखिन्छ । यस्तो मासु सेवन गर्नुहुँदैन ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र