१० असोज, दाङ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन ।
नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे ।
काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो । उनले जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेकाले त्यो पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीमा भएको बताए । उनले अन्य पार्टीसँग कुनै भिजन नभएको भन्दै मुलुक चलाउने पार्टी एमाले मात्र भएको दाबी गरे ।
उनले पाँच वर्षभित्र सबैको घर हुने, बेरोजगारले रोजगार पाउने वातावरण निर्माण गरेर एमाले अघि बढेको बताए । उनले भने, “पाँच वर्षभित्र आधारभूत सेवाबाट नागरिक विमुख हुने छैन”, कसैलाई विभेद र अन्याय गरिँदैन ।”
यसैबीच, एमालेमा केन्द्रीय नेताहरु पनि प्रवेश गरेका छन् । राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य निर्मला विक, नेपाली काँग्रेसका नेता डिल्लीबहादुर खड्का, बलिभद्र राना, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलीलगायतका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस, माओवादी केन्द्र, राप्रपा तथा जनशक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
सबैलाई पार्टी उपाध्यक्ष गौतम, पार्टीका स्थायी कमिटी सदस्य शंकर पोख्रेललगायत पार्टीका नेताले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग