प्रदेश २ मा काँग्रेस अगाडि

काठमाडौ  ६ असोज । प्रदेश २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस १० वटा तहको अध्यक्ष तथा प्रमुख पदमा विजयी भएको छ । बुधबार राति दश बजेसम्मको मतपरिणामअनुसार काँग्रेसलाई पछ्याउँदै राष्ट्रिय जनता पार्टी नेपालले छ स्थानको अध्यक्ष तथा प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

त्यस्तै, नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालले पाँच–पाँच तहको अध्यक्ष वा प्रमुख पद जितेका छन् भने माओवादी केन्द्रले चार, लोकतान्त्रिक फोरमले दुई र नेपाली जनता दलका उम्मेदवार एउटा तहको अध्यक्ष तथा प्रमुख पदमा विजयी भएका छन् ।congress-election-sign-tree

काँग्रेसबाट धनुषाको जनक नन्दनी गाउँपालिका प्रमुखमा मो. अब्दुर वारिक शेष, उपप्रमुखमा भारती कार्की, औरही गाउँपालिका प्रमुखमा ब्रह्मदेव यादव, उपप्रमुख मीरादेवी सहनी, धनौजी गाउँपालिका प्रमुखमा बद्रीनारायण सिंह, उपप्रमुखमा रामवती मण्डल विजयी हुनुभएको छ ।
त्यस्तै, काँग्रेसबाट सिरहा नवराजपुर गाउँपालिका प्रमुखमा विश्वमोहन यादव, उपप्रमुखमा शोभाकुमारी यादव, सर्लाही धनकौला गाउँपालिकाको प्रमुखमा राम आश्रय साह, उपप्रमुखमा अकली सहनी, रामनगर गाउँपालिका प्रमुख कृष्णप्रसाद वर्मा, उपप्रमुख नीतुदेवी यादव, सप्तरी विष्णुपुर गाउँपालिका प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जेजिरा यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डल, बारा करैयामाई गाउँपालिका प्रमुखमा भुवनेश्वर धामी, उपप्रमुखमा चित्ररेखा चौधरी, रौतहट परोहा नगरपालिकाको प्रमुखमा शेख वकिल र उपप्रमुखमा सुगन्धीदेवी विजय हुनुभएको छ ।

राजपा नेपालबाट सर्लाही कौडेना गाउँपालिका प्रमुख रामप्रसाद राय यादव, उपप्रमुख सुनिता चौधरी, बारा देवताल गाउँपालिका प्रमुखमा चन्दनकुमार सिंह, उपप्रमुखमा रामपतिदेवी महतो, सप्तरी डाकनेश्वरी नगरपालिका प्रमुखमा शिवनारायण साह, उपप्रमुखमा इन्दु यादव, महोत्तरी गाउँपालिका प्रमुख सुनिल राय यादव, उपप्रमुखमा सीतादेवी यादव, बलवा नगरपालिका प्रमुखमा रामविनय महतो र उपप्रमुखमा रितादेवी विजयी हुनुभएको छ ।

एमालेबाट सप्तरीको सप्तकोसी नगरपालिका प्रमुखमा उत्तम गौतम, उपप्रमुखमा आशादेवी चौधरी, धनुषा बाटेश्वर गाउँपालिका प्रमुखमा डम्बरबहादुर राउत क्षेत्री, उपप्रमुखमा प्रमिला देवी, मुखियापटी मुसहरनिया गाउँपालिका प्रमुखमा मनोज यादव, उपप्रमुखमा मीरादेवी महतो, पर्सा पटेर्वा सुगौली गाउँपालिका प्रमुखमा हरिनारायण चौधरी, उपप्रमुखमा ममता चौधरी (काँग्रेस), सिरहा नरहा गाउँपालिका प्रमुखमा रामशरण यादव, उपप्रमुख गुलावदेवी चौधरी विजयी हुनुभएको छ । फोरम नेपालबाट भगवानपुर गाउँपालिका प्रमुखमा वेचनप्रसाद यादव र उपप्रमुखमा सीतादेवी यादव अर्नवा गाउँपालिकामा ठकु महतो, उपप्रमुखमा सियावत्ती मुखिया, सर्लाही पर्सा गाउँपालिका प्रमुखमा किसुनदेव राय, उपप्रमुखमा इन्द्रकाला देवी, पर्सा विन्दवासिनी गाउँपालिका प्रमुख श्रीलाल साह (कानु) विजयी हुनुभएको छ ।

माओवादी केन्द्रबाट पर्सा ठोरी गाउँपालिका प्रमुखमा पदमलाल श्रेष्ठ, उपप्रमुखमा शान्तिमाया थिङ, रौतहट मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साह, उपप्रमुखमा गौरीशङ्कर जयसवाल, सिरहा औरही गाउँपालिका प्रमुखमा सिद्धार्थ यादव, उपप्रमुखमा सीतादेवी यादव (फोरम नेपाल) विजयी हुनुभएको छ ।

लोकतान्त्रिक फोरमबाट रौतहट इशनाथ नगरपालिका प्रमुखमा सन्तोषकुमार मेहता र उपप्रमुखमा हुस्नेआरा खातुन विजयी हुनुभएको छ । त्यस्तै नेपाली जनता दलबाट पर्सा कालिका माई गाउँपालिका प्रमुखमा नथुनी कुशवाहा र उपप्रमुखमा फोरम नेपालका राजेश चौहान विजयी हुनुभएको छ ।

महोत्तरीका १५ मध्ये दुई स्थानीय तहको गणना सकिएको छ । १६ वटा नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा तीन नगरपालिकाको मात्रै चुनावी नतिजा प्रकाशित भएको छ । रौतहटमा गरुडा नगरपालिकामा मतगणना कार्य चित्तबुझ्दो नभएको भन्दै माओवादीले पुनः गणनाको माग राखेपछि बुधबार बिहान मतगणना स्थगित भएको छ ।

सर्लाहीमा बिहीबार रातिसम्म पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । त्यस्तै, सिरहाको नौ वटा गाउँपालिकामध्ये बिहीबार साँझसम्म पाँच वटा स्थानीय तहको मत गणना सकिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो