काठमाडौं । भारत हरियाणाका तथाकथित साधु बाबा राम रहीम आफ्नो आश्रम डेरा सच्चा सौदाका साध्वीहरूको यौन शोषण गरेको आरोपमा जेलमा बन्द छन् । तर उनकी छोरी भनिँदै आएकी र कतिपयले छोरी होइन भनी चित्रण गर्ने गरिएकी हनीप्रीत इन्सान कहाँ छन् भन्ने सवाल रहस्यपूर्ण बन्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार देशका विभिन्न भागमा हनीप्रीतको खोजी गर्दै छापा मारिएको भए पनि उनको अवस्था अझै अज्ञात छ । भारतीय सञ्चार माध्यमले हनीप्रीतलाई जोगाउन हरियाणा प्रहरी नै जिम्मेवार रहेको आरोप लगाएका छन् । आजतक टेलिभिजनले हरियाणा प्रहरीको सहयोगमा हनीप्रीत भागेको दाबी गरेको छ । हनीप्रीतलाई पछिल्लोपटक राम रहीमलाई दोषी ठहर्याइँदाको दिन २५ अगस्तमा राम रहीमसँगै सुनारिया जेलसम्म जाँदै गरेको देखिएको थियो । तर त्यसपछि हनीप्रीत कता लागिन् प्रहरीसमेत आश्चर्यमा छ ।
हनीप्रीतमाथि बाबा राम रहीमलाई भगाउन षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । २५ अगस्तका दिन राम रहीमविरुद्ध फैसला भएपछि राम रहीमलाई अदालत परिसरबाटै भगाउन हनीप्रीतले हेलिकोप्टर तयार पारेको र सँगै दंगा भड्काउने कोसिस गरेको प्रहरीको आरोप छ । यसै आरोपमा हरियाणाको पञ्चकुला प्रहरीले हनीप्रीतको खोजी गर्दै लुकआउट नोटिस जारी गरेको छ ।
पञ्चकुलाका पुलिस कमिस्नर एएस चावलाले सञ्चार माध्यमसँग भनेका छन्, ‘‘राम रहीमलाई भगाउन खोज्ने व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरिएको छ । ती व्यक्तिहरूसँग सोधपुछ गर्दा यो प्रकरणमा यदि हनीप्रीतको समेत संलग्नता पाइयो भने उनीमाथि कारवाही हुन्छ ।’’
कुनै बेला बाबा राम रहीमसित जतिखेर पनि साथसाथै देखिने र सिँगारिएर क्यामराका अगाडि प्रस्तुत हुन रुचाउने हनीप्रीतलाई अहिले प्रहरी र सञ्चार माध्यम दुवैले खोजिरहेका छन्, तर क्यामराले सबैभन्दा बढी खोजिरहेका बेला उनीचाहिँ बेपत्ता छन् ।
भारतीय सञ्चार माध्यम भन्छन्, हनीप्रीत नेपाल भागिन्
कतिपय भारतीय सञ्चार माध्यमले हनीप्रीत हरियाणाबाट भागेर नेपाल पसेको आशंका गरेका छन् । गुरमित राम रहीमलाई आफ्ना कुकृत्यका कारण कुनै बेला आफू पक्राउ पर्न सक्छु भन्ने कुरा पहिलेदेखि नै थाहा थियो ।
त्यसैले हनीप्रीत र राम रहीमले विदेशमा गएर लुक्ने गम्भीर योजना बनाएका थिए । दैनिक जागरणका अनुसार यसै कारण दुबई, क्यानडा, अमेरिका र सिंगापुर आदि देशमा डेराको नाममा जमिन किनिएको थियो, ताकि अप्ठ्यारो पर्नासाथ भागेर त्यहीँ बस्न सकियोस् ।
डेरा सूत्रलाई उद्धृत गर्दै सञ्चार माध्यमले लेखेका छन्, गुरमित जेल पर्दाबित्तिकै हनीप्रीत सिरसा डेरामा पुगेकी थिइन् । उनले आफ्नै निगरानीमा सिसिटिभी क्यामरा फुटाल्न लगाउनुका साथै त्यसको रेकर्ड डिलिट गर्न लगाएकी थिइन् । उनले डेरामा रहेको अपार रकमसमेत ठेगान लगाइन् र म्यानेजिंग कमिटीका विश्वासपात्रहरूलाई आगामी रणनीति बताएर भूमिगत भइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार हनीप्रीतको खोजीमा भारतीय प्रहरीले व्यापक अभियान चलाइरहेको छ । शनिबार विहार पुलिस र नेपाल पुलिसबीच हनीप्रीतलाई खोज्नेबारे गम्भीर छलफल चलेको भारतीय सञ्चार माध्यमको दाबी छ ।
हनीप्रीतका सम्बन्धमा नेपालसँग सीमाना जोडिएका विहारका सातवटा जिल्लामा अलर्ट घोषित गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । भारतीय गुप्तचर निकायलाई उद्धृत गर्दै हनीप्रीत विराटनगरको बाटो नेपाल पसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दैनिक जागरणका अनुसार हनीप्रीतका बारेमा भारतीय दूतावास नेपाली राजदूतावासको सम्पर्कमा बसेको छ ।
हनीप्रीतको गिरफ्तारीका लागि हरियाणा पुलिसले ‘र’ र ‘आइबी’ आदि गुप्तचर संस्थाका साथै नेपाल पुलिससम्म सम्पर्क कायम गरेको छ, तर खासै परिणाम हात लाग्न सकेको छैन ।
तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले यसबारेमा प्रहरीमा कुनै जानकारी नआएको बताए ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध