गाईघाट(उदयपुर), ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमा पर्ने सुनकोशी दूधकोशी पुलको शनिबार गाईघाटमा एक समारोहकाबीच शिलान्यास गरे ।सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए ।

उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पुर्याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे ।
उक्त पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताए ।
उक्त पुल राष्ट्रिय योजना आयोगको २२ करोड २५ लाखको लागतमा निर्माण हुनगइरहेको छ भने पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैँले निर्माण कार्य शुरु गर्न लागेको हो ।
२०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गरेका थिए ।
आजै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमा पर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गर्न लागेको कुरा नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीले बताए ।
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना