September 16, 2017

थाहा पाउनुहोस् तपाईको स्वास्थ्य अवस्था

आफ्नो स्वास्थ्यस्थित बारे सबैलाई चासो हुन्छ । आफुलाई कुनै रोग पो लागेको छ कि ? वा रोग लाग्ने संभावना छ कि ? यस्ता प्रश्न बारम्बार उठिरहेका हुन्छन् । र, मनमा अज्ञात भयले डेरा जमाइरहेको हुन्छ । अब यस्तो शंका-उपसंका छाड्नुहोस् । किनभने, अब तपाईले आफ्नो स्वास्थ्य-जाँच आफै गर्न सक्नुहुनेछ । त्यो पनि एक मिनेटमै । कसरी ? त्यस भए आउनुहोस्, यी काइदा अपनाएर पलभरमै आˆनो स्वास्थ्य कस्तो छ भन्ने थाहा पाउन सकिनेछ । 

१. चम्चालाई आफ्नो जिव्रोको वरिपरि घुमाउनुहोस् ।

२. अब त्यो चम्चालाई एउटा सफा प्लाष्टिकको व्यागभित्र हाल्नुहोस् ।

३. त्यसलाई केही समयको लागि बत्तीको प्रकाशमा राख्नुहोस् ।

४. र, एक मिनेट पश्चात्त अब त्यो चम्चाको जाँच गर्नुहोस् ।

तपाईको स्वास्थ्यमा कुनै समस्या छैन

यदी तपाईको चम्चाको पछाडी पट्टीको भागमा कुनै दाग, धब्बा वा गन्ध छैन भने बुझ्नुहोस्, तपाईको स्वास्थ्यमा कुनै समस्या छैन ।

यदी चम्चाबाट गन्धको महसुस हुन्छ भने

१. यदि तपाईले चम्चामा सडेको वा तिखो कुनै गन्धको महसुस गर्नु हुन्छ भने बुझ्नुहोस्, तपाईको पेट वा फोक्सोमा समस्या छ ।

२. यदि तपाईको चम्चामा गुलियो गन्ध छ भने तपाईलाई मधुमेह भएको हुनसक्छ ।

३. यदि चम्चाबाट अमिलो खालको गन्ध छ भने तपाईलाई मृगौलाको समस्या भएको हुनसक्छ ।

यदी चम्चामा दाग, धम्बा छ भनेः

१. यदि चम्चामा कुनै प्रकारको सेता वा पहेलो दाग देखिन्छ भने तपाईको थाइराइडले राम्ररी काम नगरेको हुनसक्छ ।

२. यदि उक्त दाग वा रङ्ग प्याजी छ भने तपाईलाई ब्रोनकाइटिस, रक्त सञ्चारमा समस्या, उच्च कोलेस्ट्रोरको समस्या हुनसक्छ ।

३. यदि उक्त रङ्ग सेतो छ भने तपाईलाई श्वासप्रस्वास सम्बन्धि संक्रमण छ ।

४. यदि उक्त दाग सुन्तला रङ्गको छ भने तपाईलाई मृगौलाको समस्या छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि