राप्रपा राष्ट्रबादीबाट तीन दिने सडक संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । 

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन बुधबार, विहिबार र शुक्रबार काठमाडौंमा सडक संघर्ष गर्ने निर्णय गरिएको जानकारी दिए । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजी गर्न पनि सरकारलाई सडकबाटै दवाव दिने पनि स्पष्ट पारे । 

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकतर्फबाट सांसदहरु बनाउन नहुने दावी पनि गर्दै आएको छ ।

सडक संघर्षका कार्यक्रम अनुसार बुधबार काठमाडौंको विभिन्न ठाउँमा कोण सभा आयोजना गरिनेछ । विहिबार मोटरसाईकल ¥याली र शुक्रबार बबरमहल अगाडि जम्मा भई संसद भवन अगाडि जुुलुस र आमसभा आयोजना हुनेछ । 

अध्यक्ष लोहनीले राष्ट्रियता, प्रजातन्त्र र नेपाली मात्रको स्वाभिमानप्रति चिन्तित सबैले पार्टीको सडक संघर्षको कार्यक्रमहरुमा साथ दिने विश्वास पनि व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना