१३ भदौ, एजेन्सी – स्पेनिस क्लव बार्सिलोनाले नेइमारको ठाँउमा उसमान डेम्बेलेलाई भित्राएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड डेम्बेलेलाई अनुबन्ध गरेको हो ।
डेम्बेलेलाई बार्सिलोनाले ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो तर यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्ने बताइएको छ । अनुवन्धसँगै डेम्बेले विश्वका दोस्रो महंगा खेलाडी बनेका छन् ।
डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको हो । सम्झौतापछि डेम्बेलेले बार्सिलोना आउने आफ्नो सपना पूरा भएकोमा खुशी रहेको बताएका छन् ।
बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ । नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्राउन गरेको पटक पटकको प्रयास असफल भएको थियो ।
डेम्बेलेले एघार नम्बरको जर्सी लगाएर बार्सिलोनाका लागि खेल्नेछन् । उक्त जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार