१२ भदाै,काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रियता कमजोर बनाउन आफू अनुकूलको गठबन्धन तयार पार्ने शक्तिले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । उनले पार्टीलाई केही राजनीतिक, मनोवैज्ञानिक असर गरे पनि प्रकारान्तरले यो राष्ट्रियता कमजोर बनाउने षड्यन्त्र भएको चित्रित गरेका हुन् ।
काठमाडौँको बानेश्वरमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले भने, “राप्रपा–राप्रपा नेपालको एकीकरणले नेपालका बलियो राष्ट्रवादी शक्ति उदय भएको आभास सबैलाई भएको थियो । राप्रपालाई कांग्रेस एमालेजस्ता ठूला पार्टीको विकल्पको शक्तिसमेत स्वीकारी सकिएको थियो ।”
उनले कमल थापाको नेतृत्वको राप्रपा महत्त्वपूर्ण राष्ट्रवादी शक्ति बन्दा आफ्नो अभिष्ट पूरा गर्न नसकिने ठानेका अन्र्तराष्ट्रिय शक्तिले राप्रपा खण्डित गरेको बताए ।
देशका दुई वटा संवैधानिक निकाय प्रयोग भएकाले राप्रपा विभाजन सामान्य घटना नभएको उनको निष्कर्ष थियो ।
दुई देशको संयुक्त वक्तव्य– राष्ट्रियतामाथिको आघात
बाह्र बुँदे सम्बोधन र परिवर्तन संस्थागत गर्ने बाहनामा विभिन्न गलत प्रक्रिया अलम्वन गरिएको भन्न भ्याएका उनले हिन्दू राष्ट्र बनाउने र संवैधानिक राजतन्त्र पुनःस्थापना गर्ने अभियानलाई कमजोर बनाउन पार्टी फुटाएको आरोप लगाए ।
त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले राष्ट्रियतामाथि आघात पु¥याएको टिप्पणी गरे । उनले संयुक्त वक्तव्य आफू अनुकूलको गठबन्धन बनाउने र आफ्ना अभिष्ट पूरा गर्ने कडीसमेत भएको टिप्पणी गरे ।
भारत पार्टी विभाजनमार्फत दुई तिहाई जुटाएर आफू अनुकूल संविधान संशोधन गराउन लागेको र पशुपति शमशेरलगायत केही नेताहरू मोहोरा बनेको उनको आसय थियो ।
“प्रधानमन्त्रीले निर्वाचनपछाडि दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्छु भनेर प्रष्टिकरण दिनु राष्ट्रियतामाथिको आघात हो,” उनले थपे ।
पार्टी फुटेको होइन, भ्रष्टहरू बाहिरिएका हुन्
उनले भ्रष्ट, चरम अवसरवादी, सत्ता भन्दा पर भविष्य नदेखेकाले पार्टी विभाजन गरेको बताए । पार्टी विभाजन भएको भन्दा पनि भ्रष्ट र पदलोलुपहरू बाहिरिएको रूपमा बुझ्नुपर्ने उनको जिकिर थियो ।
उनले पार्टी सांसदलाई पैसा तथा मन्त्री पदको, केन्द्रीय सदस्यलाई राजनीतिक नियुक्तिको प्रलोभनमा पारिएको समेत जिकिर गरे । त्यस्तै उनले पार्टी विभाजनका लागि निवेदन दिने सदस्यको सनाखत नचाहिने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु त्रूटीपूर्ण भएको र अदालतको निर्णय भन्दा पनि माथि उठेर बिनासनाखत निर्वाचन आयोगले पार्टी फुटाउन सहयोग पुर्याएको भन्दै खेद प्रकट गरे ।
अदालतको निर्णय र निर्वाचन आयोगको पछिल्लो कदमले ठूला पार्टीहरूलाई संकटमा पार्न सक्नेतर्फ सचेत गराए ।
“कांग्रेस, एमाले, माओवादीलगायत ठूला पार्टी पनि दुई चारजना केन्द्रीय सदस्यले निवेदन दिएकै भरमा टुक्रन सक्छन् । अदालत र आयोगले गलत नजिक बसाएको छ । यसले राप्रपामात्रै होइन पार्टी पद्दती र व्यवस्था नै कमजोर बनाएको छ,” उनको भनाइ थियो ।
उनले निर्वाचन आयोगको रवैया विरुद्ध राप्रपा अदालतको ढोका ढक्ढक्याउन पुगेको भन्दै न्याय पाउने आशासमेत व्यक्त गरे । आइतबार दायर रिटको सोमबार पेसी तोकिएको भए पनि पछि दुई दिन पछि सारिएकोसमेत बताए ।
काठमाडौं, ललितपुर, भक्तपुर तीनै जिल्लाका कार्यकर्ता उपस्थित भेलामा उनले सबै कार्यकर्तालाई विभाजनबाट निरुत्साहित नभइ तीनै तहको निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिएका थिए ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा