काठमाडौ, ३१ साउन । लगातारको वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण सयौँको संख्यामा नागरिकले ज्यान गुमाएपछि चिनिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर अनुदान दिने भएको छ । यसलाई चीनिया पक्षले आपत्कालिन सहयोग भनेको छ ।चिनिया उपप्रधानमन्त्री वाङ याङले बाढी पीडितका लागि १० लाख अमेरिकी डलर अनुदान सहायता दिने घोषणा गरेका हुन् ।उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादारले आयोजना गरेको दिवाभोजका क्रममा उनले यस्तो घोषणा गरेका हुन् । उपप्रधानमन्त्री गच्छादारले चिनिया उपप्रधानमन्त्री वाङको सम्मानमा सोल्टी होटलमा दिएका हुन् ।
त्यस्तैगरी नेपाली पक्ष र चीनिया पक्षबीच वार्ता समेत भएको छ ।वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन्।लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन्।सोमबार पाकिस्तानबाट काठमाडौं आएका याङ र नेपाल सरकारबीच तीन सम्झौतामा हस्ताक्षेर गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । उनीहरुसँगको भेट पनि सोल्टीमै हुने भएको छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा