कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड लगानी गर्ने ठाउँ खोज्दै सेना 

 1834474107photos-(1)

काठमाडौं । सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड ५ लाख ७९ हजार रहेको नेपाली सेनाले जनाएको छ ।२०३२ सालमा नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सहभागी भए बापत प्राप्त करिब १ करोड २४ लाख १ हजारबाट सुरु भएको कोषमा २०७४ असार मसान्तसम्म सो रकम पुगेको हो ।सेनाले कोषबाट स्वास्थ्य, शिक्षा, आर्थिक राहत, सैनिक आवास तथा विमा लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । यी क्षेत्रमा हालसम्म ४ अर्ब ९८ करोड ४४ लाख २२ हजार लगानी भएर र ३४ अर्ब ५३ करोड ४४ लाख २२ हजार रुपैयाँ अझै मौज्दात रहेको सेनाले जनाएको छ ।

मौज्दात रकमलाई विभिन्न सेवामुलक क्षेत्रमा लगानी गर्ने सोचमा नेपाली सेना रहेको कोषका निर्देशक सहायक रथी प्रदिप कुमार अधिकारीले जानकारी दिए ।  कोषद्वारा आर्थिक वर्ष २०७४/७५ मा पोखरा र इटहरीमा क्षेत्रिय अस्पताल निमार्ण गर्ने योजना बताएको छ ।  त्यसैगरी काठमडौंको शंखमूलमा सामुदायीक चिकित्सा केन्द्र भवन निमार्ण गरी सेनाका अतिरिक्त सर्वसाधारण जेष्ठ नागरिकको समेत निःशुल्क स्वास्थ्य परिक्षण गरिने निर्देशक अधिकारीले जानकारी दिए ।

रत्नपार्क नजिकै रहेको त्रि–चन्द्र मिलिटरी अस्पतालको भवन पुनःनिमार्णको काम जारी रहेको र  छिट्टै सञ्चालनमा ल्याउने, पारिवारिक निवृत्तिभरण रकममा वृद्धि, स्वास्य सेवा बीमा अन्तर्गत ५ देखि १० लाख सम्को औषधी उपाचार बीमा उपलब्ध गराउने सेनाले जनाएको छ ।यता बहालवाला सेनालाई २ लाखदेखि ५ लाखसम्म सहुलियत व्यवाजदरमा ऋण समेत उपलब्ध गराउँदै आएको छ । यो योजनाबाट ५८ हजार २९७ जनता लाभान्वित भएको र ९ अर्ब ६२ करोड ९४ लाख ५० हजार ऋण प्रदान गरिएको सेनाले उल्लेख गरेको छ ।यसका अलवा सेनाले कल्याणकारी कोषबाट जलविद्युत लगायतका क्षेत्रमा पनि लगानी गर्ने सोच बनाएको छ । यसअघि उर्जा मन्त्रालयकै अनुरोधमा उक्त सोच बनाएपनि सैनिक ऐन तथा सैनिक कल्याणकारी कोष नियमावली परिमार्जान नगरी लगानी गर्न अफ्टयो भएको सेनाले जनाएको छ ।

कल्याणकारी कोषको आयश्रोत 
कोषले संयुक्त राष्ट्रसंघको शान्ति सेनामा भाग लिए बापत प्राप्त हुने रकमलाई नै आफ्नो मुख्य आयस्रोत भएको जनाएको छ । यस्ता छन् अन्य आयश्रोत ः
-शान्ति सेनामा भाग लिए वापत प्राप्त हुने रकम
– बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गरिएको रकमबाट प्राप्त हुने ब्याज
-नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय÷महाविद्यालयहरुको शिक्षण शुल्क
-परिवार आवस भाडा वापन प्राप्त हुने रकम
-सुनाचुरी इमल्सन प्लाण्ट÷रिपूमर्दिनी अक्सिजन प्लाण्ट जस्ता आयमुलक लगानीबाट प्राप्त रकम
-अस्पतालबाट हुने आम्दानी

 कल्याणकारी कोषले शिक्षातर्फ ६ वाटा सैनिक आवासीय महाविद्यालय, २ सैकि महाविद्यालय, १ छात्रावास, किकित्सा शास्त्र महाविद्यालय, नर्सिङ महाविद्यालय सञ्चालन गरिरहेको छ भने कलेज अफ मेडिकल पोलिटेक्नीक छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।त्यसैगरी अवकाश भई जाने सैनिकहरुलाई सीपमुलक तालिम पनि कोषले सञ्चालन गर्दै आएको छ । । ङ महाविद्यालय सञ्चालन गरिरहेको छ भने कलेज अफ मेडिकल पोलिटेक्नीक छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।त्यसैगरी अवकाश भई जाने सैनिकहरुलाई सीपमुलक तालिम पनि कोषले सञ्चालन गर्दै आएको

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र