महिला चाहन्छन् आफ्नो पुरुषले पनि यस्तो गरोस्

२२ साउन – आधुनिक दाम्पत्य जीवन विभिन्न प्रकारका परिवर्तन तथा कठिनाइहरुले भरिएको हुन्छ । पुराना परम्पराहरुलाई त्यागेर नवजीवनतर्फ अग्रसर भइरहेको दाम्पत्य जीवन एक विचित्र पकारको भ्रान्तीसँग जुझिरहेको छ । जहाँ पति तथा पत्नीले एक अर्कालाई प्रसन्न राख्न सकिरहेका छैनन् । परस्पर प्रेमलाई कसरी बढाउने भनेर पति तथा पत्नीहरुमा अन्यौलता छ ।

couple-mfm134gsop6o15dub04muheybhm0ms5470wkc2ynua

आधुनिक उपकरण तथा जीवन शैलीले केही हदसम्म जीवनलाई सरल बनाइदिएको छ । तर आपसी प्रेम, समझदारी तथा समर्पणलाई बढाउन अधुनिक साधन कहिल्यै पनि लाभदायक हुन सक्दैनन् ।

त्यसोभए पति पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउन के गर्न सकिन्छ ? के गरेर दाम्पत्य जीवन सफल हुन सक्ला ? पक्कै पनि एकदोस्रोको आवश्यकतालाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सकियो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।

यस आलेखमा पत्नीले आफ्नो पतिसँग राख्ने अपेक्षाहरु उल्लेख गरिएका छन् । पति पत्नीका यी आकांक्षाहरुलाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सक्ने हो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।

प्रसंशा गर्नुहोस्

के कहिल्यै नोटिस गर्नुभएको छ, तपाईकी पत्नी मेकअप गरेर या नयाँ लुगा लगाएर पटक पटक ऐनामा हेर्ने गर्छिन ? यदी त्यसो हो भने उनको चाहना हुन्छ कि तपाई उनको प्रसंशा गर्नुहोस् । उनले गरेको मेकअप तथा लगाएका लुगाहरु राम्रो नदेखिए पनि सकरात्मक प्रतिक्रिया दिनुहोस् । यदि त्यसो गर्नुभएन भने उनको चित्त दुख्छ ।

केयर गर्नुहोस्

पत्नी बिमारी भएको बेला के तपाई उनको सामुन्ने बसेर हालचाल सोध्ने गर्नुहुन्छ ? के तपाईले कहिल्यै चिया बनाएर आफ्नी पत्नीलाई खुवाउनुभएको छ ? सायद छैन ! धेरैजसो पुरुषहरु यस मामलामा लापरवाह हुन्छन् । उनीहरु जान्दैनन् की उनकी अर्धाङ्गिनी यही चाहन्छिन् । पतिको केयरिंग नेचर पत्नीलाई धेरै राम्रो लाग्छ । पतिको सानो सानो पहलले पनि पत्नीहरुलाई धेरै खुसी बनाउँछ । यदि तपाई पनि आफ्नी पत्नीलाई खुसी देख्न चाहनुहुन्छ भने उनलाई केयर गर्नुहोस् ।

विगत जान्ने इच्छा

तपाई मान्नुहोस् या नमान्नुहोस् हरेक पत्नी आफ्नो पतिसँग जोडिएको हरेक कुराहरु जान्न चाहन्छिन्, चाहे त्यो वर्तमानसँग जोडिएको होस् या विगतसँग । यदि कहिल्यै पतिले मजाकमै भएपनि आफ्नी एक्स गर्लफ्रेण्ड बारे बताइदिए भने पत्नीहरु सबैकुरा जान्न लालायित हुन्छन् । यस्तो अवस्थामा पतिले पत्नीसँग केही कुरा पनि लुकाउन राम्रो हुँदैन । यदि पत्नी तपाईसँग जोडिएको केही कुरा जान्न चाहन्छिन् भने बिना हिच्किचाहट उनलाई सबैकुरा बताइदिनुहोस् ।

रोमान्सको चाहना

भान्सामा काम गरिरहेका बेला पछाडिबाट आएर अंगालोमा बेर्नु, सबैको सामुन्नेमा पनि आँखाको इशारामा कुरा गर्नु जस्ता रोमान्टिक कुराहरु विहेको केही वर्षपछि हराउँदै जान्छन् । तर पत्नीहरु यस्ता पलहरुलाई निरन्तरता दिन चाहान्छन् । उनी चाहन्छिन कि आफ्नो श्रीमान विहेको सुरुवाती दिनजस्तै सधैं रामान्टिक बनी रहुन ।

सम्भोगको चाहना

सेक्स (सम्भोग)को मामलामा महिलाहरु अहिले पनि खुला हुन सकेका छैनन् । पत्नीहरु आफ्नो सेक्सको चाहना कहिल्यै जाहेर गर्दैनन् । उनीहरु चाहन्छन् की पार्टनरले नै त्यसको पलह गरुन । कतिपय अवस्थामा संकोचवस उनीहरु आफ्नो मनको कुरा पार्टनरसँग सेयर गर्न पाउँदैनन् । यस्तोमा तपाईले उनको चाहना बुझनु जरुरी हुन्छ ।

स्पेशल महशुष गराउने

तपाईले अक्सर फिल्महरुमा देख्नुभएको होला, हिरोले हिरोइनका लागि कारको ढोका खोलिदिन्छन् । घरमा हुँदा उनका लागि कुर्सी ल्याइदिएस बस्न दिन्छ । हिरोले यस्तो गर्दा हिरोइनलाई स्पेशल महशुष हुन्छ ।

तपाईकी पत्नी पनि चाहन्छिन् कि तपाईले उनलाई स्पेशल महशुष गराउनुहोस् । सधैं यस्तो गर्नु जरुरी छैन । तर छुट्टीको दिन या जब पनि समय मिल्छ , पत्नीका लागि केही स्पेशल गर्नुहोस् । मिठो परिकार बनाएर खुवाउनुहोस्, सरप्राइज गिफ्ट दिनुहोस् यसले तपाईको पत्नीमा तपाईप्रति विशेष सम्मानको भावना विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि