मन्त्री पद नपाएको भन्दै मलाई जोडेर गलत प्रचार गरियो : चीनकाजी

काठमाडौँ – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले मन्त्रीपरिषद् विस्तारलाई लिएर पछिल्लो समय छापा तथा अनलाइन मिडियाहरुमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सोमबार विज्ञप्ति नै जारी गर्दै यसमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका हुन् ।

‘मन्त्री छान्दा भद्रगोल शैली, पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको जस्ता शीर्षकहरुमा प्रकाशित समाचारहरुमा मेरो नाम जोडेर अनर्गल प्रचारप्रसार भइरहेकोमा मेरो आपत्ति छ । र, यो खबरहरुको म खण्डन गर्न चाहन्छु,’ उनले जारी रहेको विज्ञप्तिमा भनिएको छ ।

आफू पार्टीको मुख्य सचेतक जस्तो जिम्मेवार पदमा रहेर पार्टीको नीति र निर्देशन अनुसार काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने उनले बताएका छन् । 

‘पार्टी सभापति श्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पछिल्लो पटक मन्त्रीपरिषद विस्तारको क्रममा मेरो बारेमा पनि छलफल भएको सुनेको हुँ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, पार्टीले राम्रा र योग्य साथीहरुलाई सरकारमा पठाएको छ, यसमा मेरो कुनै गुनासो छैन । म पार्टीको नीति र निर्देशनलाई सँधै सिरोधार्य गर्दछु ।’

उनले मन्त्रीपरिषद विस्तारमा को प¥यो वा को परेन भन्ने मूख्य विषय नभएको बताउँदै पार्टी नेतृत्वले मधेसी, महिला, दलित, पीछडिएको क्षेत्रका माननीय सांसदहरुलाई समावेश गर्ने सक्दो प्रयास भएको आफूले ठानेको बताएका छन् । 

‘समावेशी सिद्धान्तका आधारमा नयाँ अनुहारका साथीहरु सरकारमा समावेश गरिनु भएकोछ । यो अत्यन्त उदाहरणीय र सराहनीय छ,’ उनले भनेका छन् ।
 
‘मेरो नाम जोडेर पार्टी सभापति एवं प्रधानमन्त्री र पार्टीका नेताहरुलाई बदनाम गर्ने प्रयास भएकोमा म खेद् प्रकट गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग