खोलामाथि जनप्रतिनिधिले गरेको प्लटिङमा शंखरापुर नगरले चलायो डोजर

काठमाडौं–खोलामा ह्युम पाइप हालेर त्यसमाथि जग्गा प्लटिङ गरेको भन्दै रामेछापको लिखु गाँउपालिका अध्यक्ष गोविन्द बहादुर खड्काको प्लटिङ स्थलमा काठमाडौंको शंखरापुर नगरपालिकाले डोजर चलाएको छ  । 


काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ६ मा लिखु गाँउपालिका अध्यक्ष खड्काले स्थानीय नाई खोला अतिक्रण गरि जग्गा प्लटिङ छ । उनले ह्युमपाइपभित्र खोला छिराएर खोलामाथि ४ रोपनी जग्गा खडा गरी खोला मासेको भन्दै शंखरापुर नगरपालिकाले २ वटा डोजर प्रयोग गरी नदीलाई पहिलेकै अवस्थामा फर्काएको हो । 
खड्काको सो स्थानमा १७ रोपनी प्लटिङ जग्गा रहेको छ । उनले ४५ लाख खर्च गरेर खोलामा ह्युम पाइप हालेको बताएका थिए । गत बिहिबार शंखरापुर नगरपालिकाले आइतबारसम्म नदी खुला गर्न अध्यक्ष खड्कालाई अल्टिमेटम दिएको थियो । खड्काले बर्षातको समयमा नदीले जग्गा कटान गर्ने भएकोले २ महिनापछि खोला खुला गर्न नगरपालिकामा निवेदन दिएपनि नगरपालिकाले दोश्रो निर्णय नगरी सोमबार डोजर प्रयोग गरी ह्युमपाइप हटाएर पुन खोला खुला गरेको वडा नं. ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 
‘२ महिनापछि आफै हटाँउछु भनेर निवेदन दिएका रहेछन्, नगरपालिकाले निर्णय गरिसकेकोले आफ्नो निर्णयबाट पछि हट्नु हुँदैन यो आवश्यक छैन भनेर हामीले सुझाव प्रस्तुत ग¥यौँ । पहिलेकै निर्णय कार्यान्वयन गर्ने सहमती भएपछि खोला खुला गरिएको हो ।’ वडा अध्यक्ष श्रेष्ठले भने । 
यसैबीच खोला खुलाउन गएका स्थानीय र लिखु गाँउपालिका अध्यक्ष गोविन्द बहादुर खड्काका प्रतिनिधिबीच सामान्य झडप समेत भएको छ । डोजर रोक्न गएका खड्काका प्रतिनिधिबीच सामान्य झडप भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो